- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको लोकसभा चुनावमा पार्टीले हारेपछि राष्ट्रिय जनता दल राजद प्रमुख लालु प्रसाद यादव निकै तनावमा परेका छन् ।
नतिजापछि उनी राम्रोसंग सुत्न त सकेका छैनन् नै दिनको खाना खान पनि छोडिदिएका छन् ।
रातिमा भने निकै कठिनले खाने गरेका छन् । चिकित्सकले उनी चिन्तामा भएका कारण खाना खान नसकेको आशंका गरेका छन् ।
लालु चारा घोटालामा जेलमा सजाय काटिरहेका छन् । राजदले लोकसभा चुनावमा बिहारमा काँग्रेस र रालोसपासंग गठबन्धन गरे पनि एक सिटमा पनि सफलता हासिल गर्न सकेन ।
रिम्सको पेइङ वार्डमा भर्ती भएका लालुको उपचार गरिरहेका मेडिसिन विभागका प्राडा उमेशप्रसादले चुनावी नतिजा आएपछि लालुको दैनिकी बिग्रिएको बताए ।
खानेपिउने टाइमटेबल छैन भने इन्लुलिन लिन समेत अल्छि गर्छन् । तत्काल दैनिकी नसुध्रिए स्वास्थ्यमा थप समस्या आउने उमेश प्रसादले बताए ।
उनलाई काउन्सिलिङ समेत दिन थालिएको छ । लालु एक दर्जन रोगबाट पीडित छन् । रक्तचाप तथा मधुमेह पीडित लालुको कार्डियाक सर्जरी भइसकेको छ भने मुटुको भल्भ पनि फेरिएको छ ।