arrow

होलीको रंगले रंगिएन रंगेली, द्रोपतीले लगिन् जोगिराको खुसी

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत ९ मंगलबार
rangeli-new-fnl.jpg.jpeg
विराटनगर । प्रत्येक वर्ष मोरंङको रंगेलीमा हर्ष उल्लासका साथ मनाइने होलीपर्व यस पटक उत्साहविहिन भएको छ । विगतका वर्षहरुमा नाचगान तथा एक आपसमा खुसी साटेर मनाइने होलीको उत्सह यो वर्ष शून्य जस्तै छ । गएको माघ–७ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको घटनालाई लिएर रंगेलीमा यस वर्षको होली उत्साहमा कमि आएको हो । 
 
होलीको अवसरमा दुई हप्ता देखि जोगिरा तथा होलीको गितले रंगेली गुन्ज्यमान हुन्थ्यो । राणा कालबाट बस्ती बस्न सुरु भएको रंगेलीमा मधेसी, पहाडी लगायत सवै समुदायका नागरिक मिलेर बस्दै आएका छन् । दशैं, तिहार, छैठ तथा होली जस्ता मुख्य पर्वहरु पहाडे तथा मधेसी समुदायबीच सदियौं देखि मिलेर मनाउदै आएका छन् । पहाडी समुदायको जनसंख्यामा कम भएपनि ती दुवै समुदायको सद्धभाव र प्रेममा भने कहिल्यै कमि आएन । एकै ठाउँमा बस्नु र सवै मिलेर चाडपर्व मनाउनु रंगेलीको विशेषता हो ।
 
रंगेलीमा सदरमुकाम भएदेखिनै सवै समुदायका नागरिक एकै ठाउँमा भेलाभई होलीका गित गाएर सुख दुःख साटासाट गर्ने गर्दछन् । मारवाडी समुदायको  होलीले रंगेलीमा अझ छुटै रौनक दिन्छ । भारतसंग सीमाना जोडिएको रंंगेलीमा आफन्त र कुल कुटुम्बहरु होलीमा जोगिरा गाउन भारतबाट  नेपाल आउने परम्परा छ । तर, यो वर्ष त्यस्तो परम्परा तथा उत्साह रंगेलीमा छैन । यस वर्षको होलीको रौनकले रंगेलीलाई रंगाउन सकेन । रंगेलीमा होलीका ढोलक बाजा र हो हल्ला गुन्जिएन । 
 
माघ ७ को घटनाले अहिले सम्म स्थानीय मर्माहत छन् । होलीको ताम झामले नछोएको रंगेलीमा सन्नाटा छाएको छ । यस पटक होलीमा खासै उत्साह नभएको सद्भावना पार्टीका केन्द्रिय सदस्य शंखर साहले बताए । उनले भने, ‘एक हप्ता देखिनै रंगेलीका चोक चौराहा तथा बजारमा होलीको रांैनक छाउथ्यो तर, यस पटक घरमै वसेर सामान्य रुपले होली मनाउने सोचमा रंगेलीवासीहरु छन् ।’
 
मधेसी समुदाय मात्र नभएर पहाडे समुदायले पनि यस पटकको होलीमा उत्साह नभएको बताए । रंगेलीमा भएको घटनाले सबैलाई दुःखित बनाएकाले त्यसको असर होलीमा परेको स्थानीय पत्रकार रबीन बरालले बताए । संघीय समाजवादी फोरम मोरंङ अध्यक्ष राजकुमार यादवले आन्दोलनमा साथीहरुको मृत्यु भएको घटनाले सवैको मन रोएको छ, रंगेलीमा मात्र नभएर मोरंङ जिल्लामै  यस वर्षको होली सामान्य जस्तै भएको छ –भने । 
 
रंगेलीमा हाम्रा तीनजना तथा मुलुकभर धेरै साथीहरुको मृत्यु भएको अवस्थामा खुलेर होली मनाउन नसकिने यादवले बताए । अहिले तराईमा होली लागेको छ । यद्यपि, सो घटनालै सवैलाई मर्माहित बनाएको छ । यस्तै, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै मधेसमा होली नमनाउने घोषणा गरेका थिए । 
 
द्रोपतीले लगिन् जोगिराको खुसी 
गएको माघ ७ गते बेलुकी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरीबीच मोरङको रंगेली र डाइनियामा हिंसात्मक झडप भयो । झडपले अन्ततः मुठेभडको रुप लियो । प्रहरीले गोली वर्षायो । गोली लागेका ३ को मुत्यु भयो । ४ घाइते भए । आन्दोलन सेलाएकै चर्चा भइरहेकै बेला अकस्मात पुरानै लय दोहोरियो । कारण केन्द्रको दलीय सहमति निर्णायक तहमा नपुग्नु र मधेस आन्दोलन विश्रामको उपयुक्त बाटो नखुल्नु नै थियो । हाल सम्म पनि मोर्चा आन्दोदनमै छ, दलीय सहमति हुन सकेको छैन ।  
 
मोरङको रंगेली घटना सरकार र मधेसीमार्चाको टकराबकै रुपमा देखिएको थियो । सरकारको नेतृत्व गरिरहेको दल एमाले निकट भ्रातृ संगठनकै कार्यक्रमबीच तनाब भयो । एमाले नेताले रंगेलीमा भाषण गरिरहेकै बेला मोर्चा कार्यकर्ताले कार्यक्रम गर्न रोक लगाउने भन्दै प्रहरीको सुरक्षा घेरा तोडे । प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास, हवाईफायर गर्दा सिप नलागेपछि गोली चलाएको बतायो ।  
 
प्रहरीले चलाएको गोली लागेर रंगेली नगरपालिका–४ बस्ने ६० वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भयो । यस्तै, रंगेलीबाट सुरु भएको तनाव संगै जोडिएको डाइनिया सम्म पुग्यो । डायनियामा मोर्चा कार्यकर्ताले अवरुद्ध पारेको सडक खुलाउने क्रममा गोली चल्यो । गोली लागेर डाइनिया–९ बस्ने २५ वर्षीय शिवु माझीको मृत्यु भयो । यस्तै, विराटनगरमा उपचारको क्रममा वरड्गा गाविस–२ वस्ने महादेव ऋषिदेवको मृत्यु भएको थियो । 
 
प्रहरीको गोली लागि रंगेली नगरपालिका–९ का ५० वर्षीय सत्यनारायण साह, रंगेली–९ कै वर्ष ३५ का जगरनाथ साह र रंगेली –४ का सुवोध मण्डल घाइते भए । प्रहरीले एमाले महासचिव ईश्वर पोखरेल लगायत नेताहरुको सुरक्षार्थ गोली वर्षाएको टिप्पणी समेत भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ