arrow

बावु वीरू देवगनको शोकमा रहेका अजयकी सासु पनि अस्पताल भर्ना

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
kajol-ajaya.jpg

काठमाडौं । भारतीय अभिनेता अजय देवगन र काजोलको परिवार अहिले विभिन्न समस्याको सामना गरिरहेको छ ।  गत सोमबार अजय देवगनका पिता वीरु देवगनको निधन भएको थियो ।

वीरु देवगन विगत केही दिनदेखि बिरामी थिए र अस्पतालमा भर्ना गरिएको थियो । ८५ बर्षीय  वीरू देवगन घरमा खाना खादै गर्दा अचानक कुर्सीबाट लडेका थिए । काजोलले उनलाई अस्पताल लिएर गइन् जहाँ उनको हृदयघातबाट निधन भयो । सो समय  छोरा अजय मुम्बई फिल्म सिटीमा 'तानाजी' को सुटिङ गरिरहेका थिए । दुखद खबरको जानकारी पाएसँगै उनि बुवाको अन्तिम दर्शन को लागि पुगेका थिए । 

यसका साथै देवगन परिवारलाई अर्को नराम्रो समाचार आएको छ । काजोलकी आमा तनूजा पनि अस्पतालमा भर्ना भएकी छिन् । काजोललाई हालसालै मुम्बईको एक अस्पतालअघि देखिएको थियो । अझै पनि ससुराको निधनको शोकबाट उनी बाहिर आउन सकेकी छैनन् । उनी अस्पतालमा चिन्तित मुद्रामा देखिन्थिन् ।

काजोलकी आमालाई पछिल्लो केही दिनदेखि श्वासप्रश्वासको समस्या देखिएको थियो । जसको कारण उनलाई अस्पतालमा भर्ना गरिएको हो । वीरु देवगनको निधनपछि बलिउड सेलिब्रेटीहरु उनीहरुलाई शान्त्वना दिन जाने क्रम चलिरहेको छ ।  

वीरु देवगनले हिन्दी सिनेमाजगतमा करीब ८० भन्दा बढी फिल्ममा एक्शन सीन डाइरेक्ट गरेका थिए । एक्शन सीन निर्देशन गर्नुका साथै वीरु देवगनले सन् १९९९ मा ‘हिन्दुस्तानकी कसम’ फिल्म निर्देशन गरेका थिए । वीरु देवगनले बलिउडका धेरै फिल्ममा काम गरेका थिए । उनलाई अन्तिमपटक गत फेब्रुअरीमा ‘टोटल धमाल’ को स्क्रिनिङको अवसरमा सार्वजनिकरुपमा देखिएको थियो ।

केहि समय अघि अजय देवगन र काजोल एक नयाँ घरको खोजीमा रहेका थिए । उनीहरु आफूलाई सहज हुने किसिमको घरको खोज्दै थिए यसैविच बावु वीरु देवगनको निधन भएको हो ।

 उनीहरु मुम्बईमै उक्त घरको खोजीमा रहेका थिए ।  उनीहरुको घर धर्मेन्द्रको घरको ठिक अपोजिटमा छ । अजय देवगन २ वर्षका लागि नयाँ घर भाडामा लिने सोचमा रहेका थिए । यो समयमा उनीहरु आफ्नो घरको मर्मत गराउने सोचमा थिए ।  घरका लागि अजयले नयाँ डिजाइन तयार पारेका थिए ।

 अजय देवगन र काजोल सन् १९९९ मा विवाह भएपछि सो घरमा बस्दै आएका छन् । उनीहरुका दुई सन्तान न्यासा र युग पनि रहेका छन् ।

यो पनि पढ्नुहोस ।

रहेनन अजयका बुवा वीरू देवगन

४५ बर्षअघि यो सीन गर्दा डराए अमिताभ, वीरू देवगन रातारात बनेका थिए स्टार

आफ्नो घर छाड्दै अजय देवगन, भाडाको घरमा सर्दै

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ