arrow

संघीय संसदको संयुक्त बैठक सुरु, आगामी आवको वार्षिक बजेट पेश गरिँदै

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget6.JPG

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको बैठक सुरु भएको छ । साँझ ४ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु भएको बैठकमा सरकारको आगामी आर्थिक वर्षको आम्दानी तथा खर्चको विवरण समेटिएको वार्षिक बजेट पेश हुँदैछ । 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा अनिवार्य बजेट पेश गर्नुपर्ने हुन्छ । नयाँ संविधान बनेर तीन वटै तहको निर्वाचन पछि बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको यो दोस्रो बजेट हो । कम्युनिष्ट घोषणा पत्रलाई विश्वास गरेर जनताले दुई तिहाई मत सहितको सरकार बनाउन सक्ने मत दिएर पठाएका ओलीको मन्त्रिपरिषद्मा लामो समय राष्ट्र बैंक र योजना आयोगमा समेत काम गरिसकेका डा.युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि मुलुकको अर्थतन्त्रमा कायापलट हुने अपेक्षा राखिएको भएपनि सोचेजस्तो प्रगति देखिएको छैन । 

अर्थमन्त्रालय अन्तर्गत्को महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार मंगलबारसम्म चालू आर्थिक वर्षको ५८ प्रतिशत मात्रै सरकारी खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षको लागि विनियोजन गरेको कूल १३ खर्ब १५ अर्बको बजेटलाई मध्यावधि समीक्षामार्फत घटाएर ११ खर्ब ९९ अर्बमा सीमित गराईएको थियो । सुरुमा पुँजीगत खर्च तीन खर्ब १४ अर्ब हुने अनुमान गरिएकोमा मध्यावधि समीक्षापछि त्यसलाई दुई खर्ब ६५ अर्बमा घटाइएको थियो। चालू खर्च आठ खर्ब ४५ अर्ब विनियोजन गरिएकोमा मध्यावधि समीक्षाले त्यसलाई सात खर्ब ९८ अर्बमा झारेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ