काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पेट्रोल र डिजेलमा प्रति लिटर एक रुपैयाँ कर बढाएको हो । सडक सुधारको लागि लिईने भनिएको सो करका कारण अब उपभोक्तामा थप चाप बढेको छ ।
यस अघि पनि सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको नाममा प्रति लिटर ५ रुपैयाँ उठाउँदै आएको छ । यसरी उठेको शुल्क सडक विस्तार र सुधारमा खर्च गर्ने बताईएको छ ।