arrow

त्रिपुरेश्वरदेखि माईतीघर फ्लाई ओभर, बानेश्वरमा अण्डरपास

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-20181.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा त्रिपुरेश्वरदेखि माईतिघरसम्म फ्लाई ओभर बनाउनको लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले फ्लाई ओभरको सम्भाव्यता अध्ययनन गर्ने बताएका हुन् । 

साथै उनले नयाँ वानेश्वरमा अण्डरपासको लागि पनि सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् । त्यस्तै, हरेक प्रदेशमा २ वटा राष्ट्रिय राजमार्ग, पूर्व पश्चिम राजमार्ग ४ लेनको बनाउन १९ अर्ब १८ करोड विनियोजन भएको छ । साथै सरकारले रेल, पानी जहाज र रेल मार्ग निर्माण १ खर्ब ९३ अर्ब विनियोजन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ