सांसदसँग हारे अर्थमन्त्री, निर्वाचन क्षेत्रलाई ६ करोड
प्रकाशित २०७६ जेठ १५ बुधबार
266
Shares
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि हरेक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरमा बजेट छुट्टाएको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले निर्वाचन क्षेत्र विकास कोष मार्फत् जानेगरी यस्तो बजेट ल्याएका हुन् ।
यस अघि सांसदहरुलाई बजेट नदिने तयारीमा रहेको खतिवडामाथि सांसदहरुबाट यो बजेट राख्नको लागि दबाब पर्दै आएको थियो । उनी अन्तिमसम्म पनि यो बजेट नदिने पक्षमा देखिएका भएपनि अन्तमा बजेट पेश गरेका हुन् ।