काठमाडौं । सरकारले आमसञ्चार माध्यमलाई दिईने लोक कल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले लोक कल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि गर्दै आम सञ्चारमाध्यमलाई व्यवस्थित बनाईने उल्लेख गरेको छ ।
सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने र ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क निर्माण गर्ने नीति पनि बजेटमा उल्लेख गरिएको छ । त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको लागि हरेक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरमा बजेट छुट्टाएको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले निर्वाचन क्षेत्र विकास कोष मार्फत् जानेगरी यस्तो बजेट ल्याएका हुन् ।
यस अघि सांसदहरुलाई बजेट नदिने तयारीमा रहेको खतिवडामाथि सांसदहरुबाट यो बजेट राख्नको लागि दबाब पर्दै आएको थियो । उनी अन्तिमसम्म पनि यो बजेट नदिने पक्षमा देखिएका भएपनि अन्तमा बजेट पेश गरेका हुन् ।