arrow

सहसचिव, उपसचिव कार्यालय समयमै लोकसेवाको तयारी कक्षामा

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
civil-service.jpg

काठमाडौं। लोकसेवा आयोगले एकै पटक ९ हजार एक सय ६१ पदमा आवेदन मागेको छ। करिब ८ लाख युवाले आवेदन दिने अनुमान आयोगका पदाधिकारीहरुले गरेका छन्। हरेक वर्ष ६ लाख युवाले आवेदन दिने गरेको आधारमा यस वर्ष ८ लाख युवाले आवेदन दिने अनुमान आयोगका पदाधिकारीहरुको हो।

असारको अन्तिम सातासम्म आवेदन दिने समय सिमा राखिएको छ। आयोगले विज्ञापन गर्ने वित्तिकै ठाउँ ठाउँमा आयोगका तयारी कक्षा सुरु भएका छन्। इन्टियुष्टहरुले तयारी कक्षा धमाधम सुरु गरेका छन्। यस्ता तयारी कक्षामा विद्यार्थीको चाँप अत्यधिक बढेको छ। यसको पहिलो फाइदा सहसचिव, उपसचिव तथा शाखा अधिकृतहरुले उठाएका छन्।

लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेका सञ्चालकहरुले के सम्म बहालवाला सचिव, सहसचिव, उपसचिव तथा शाखा अधिकृतबाट अध्यापन गराउने गर्छन्। सचिव, सहसचिव, उपसचिव नपाए उनीहरूले शाखा अधिकृतबाट पनि काम चलाउने गर्छन्। बहालवाला सहसचिव, उपसचिवले कक्षा लिएमा विद्यार्थीको चाँप बढाउने इन्टियुष्ट सञ्चालकहरको भनाइ छ। सहसचिव, उपसचिवहरुले एक दिनमा ४५ मिनेट देखि एक घण्टा सम्मको कोर्ष लिने गर्छन।

त्यस बाफत २ देखि ५ हजार रुपैयाँ सम्म लिने गर्छन। स्रोत भन्छ, विहान १० वजे मन्त्रालयमा गई हाजिरी गर्ने, दिउँसो कुनै काम बाहना देखाएर सहसचिव, उपसचिवहरु तयारी कक्षा लिन जान्छन्। तयारी कक्षा लिदाँ उनीहरुले हाजिरी गर्नु नपर्ने व्यवस्था सञ्चालकहरुले गरेका हुन्छन्। तयारी कक्षा लिएको हाजिरी नदेखाएपछि कानुनी रुपमा उनीहरु जोगिन्छन्।

तयारी कक्षा सञ्चालकहरुले सकेसम्म विहान बेलुकाको पनि समय मिलाएका हुन्छन्। तर अहिले विहान बेलुकाले मात्र विद्याथीको चाँप थेग्न नसक्ने भएकोले दिउँसो पनि तयारी कक्षा सुरु गरिएका छन्। विहान बेलुकाको समयमा जान सहसचिव, उपसचिवलाई त्यती अप्ठयारो पर्दैन तर दिउँसो भने अनेक बाहना गरेर उनीहरु तयारी कक्षा लिन जाने गरेको स्रोतको भनाइ छ। 

निजामती सेवा ऐन अनुसार सरकारी कर्मचारीहरुले सरकारी सेवा बाहेक अन्य काम गर्दा सम्बन्धित मन्त्रालयबाट स्विकृति लिनु पर्ने अनिवार्य व्यवस्था छ। साढे दुइ वर्ष देखि यो व्यवस्था पनि हटाइएको छ। साढे दुइ वर्ष अघि सामान्य प्रशासन मन्त्रालयबाट ५ हजार निजामती कर्मचारीहरुले सरकारी कार्यालय बाहेक विहान र बेलुकाको समयमा अध्यापन गराउन स्विकृति लिएका थिए।

तत्कानिल सामान्य प्रशासन मन्त्रालयले यस्तो स्विकृति दिने गरेको थियो। अहिले यस्तो प्रावधान हटाइएको छ। यसअघि स्विकृति लिएका कर्मचारीहरुले अहिले पनि कार्यालय समय बाहेक विहान र बेलुका अध्यापन गराउन पाउछन्। तर कार्यालय समयमा अध्यापन गराउन स्विकृति लिएका कर्मचारीहरुले पनि पाउँदैनन्।

तर अहिले कार्यालय समयमै तयारी कक्षा लिन केही उच्च कर्मचारी सिंहदरबार बाहिर जाने गरेको संघीय मन्त्रालय स्रोतको भनाइ छ। प्रशासनवीद्हरु उच्च कर्मचारीहरु कार्यालय समयमै लोकसेवा आयोगको तयारी कक्षामा जानु कानुनको ठाडो वर्खिलाप भएको बताउछन्।

एक विज्ञ भन्छन, सरकारले यसको कडा अनुगमन गरी यस्तो प्रवित्ति पूर्ण बन्द गर्नु पर्छ। तर दुभाग्र्य अनुगमन कसले गर्ने ? स्वयम अनगुमन गर्ने जिम्मेवारी लिएकाहरु पनि तयारी कक्षामा जाने गरेको स्रोतको भनाइ छ।

तयारी कक्षा सञ्चालकहरुले पनि तयारी कक्षा सकेसम्म सिंहदरबार नजिक पार्ने गर्छन। अधिकाश तयारी कक्षा पुतलीसडक छन्। केही बागवजार र केही डिल्ली वजारमा छन्। प्रधानमन्त्री कार्यालयले केही महिना देखि गृहमन्त्रालय हुँदै सिंहदरबारबाट बाहिर निस्कने बाटो बन्द गरेको छ। यो बाटो बन्दा नहुँदा यसको सबैभन्दा ठूलो फाइदा आफनो नीजि कामकोलागि कार्यालय समयमै मन्त्रालयबाट निस्कने कर्मचारीहरुले उठाएका थिए। 

उनीहरुले यतीसम्म गरेका थिए कि, आफू सरकारी कार्यालयमै भएको देखाएर गृहमन्त्रालयको बाटो हुँदै सिहंदरबार बाहिर गइ शेयरको कारोबारो गर्न भ्याउथे। यस्तो सूचना आए पछि प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालय नजिकैको बाटो हुँदै सिंहदरबार बाहिर निस्कने बाटो बन्द गरेको स्रोतको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ