ट्रम्पले बेलायती महारानीलाई भने – महान् महान् महिला
प्रकाशित २०७६ जेठ २१ मंगलबार
314
Shares
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरलै कसैको प्रशंसा गर्छन् । तर प्रशंसा गर्दा भने खुलेरै गर्छन् । त्यसै गरेका छन् बेलायती महारानीलाई पनि। बेलायतको राजकीय भ्रमणमा रहेका ट्रम्पले महारानी एलिजाबेथ द्वितीयालाई महान् महान् महिला भनी प्रशंसा गरेका हुन् ।
ट्रम्पले अमेरिका र बेलायतबीचको अनन्त मित्रवत् सम्बन्धको समेत खुलेर प्रशंसा गरेका छन् । राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानिया ट्रम्पको सम्मानमा बकिंघम दरबारमा आयोजना गरेको राजकीय भोजमा उनले महारानी र बेलायतको खुलेर प्रशंसा गरेका हुन्। तीन दिने भ्रमणका लागि सोमबार लण्डन पुगेका ट्रम्पले लण्डन पुगे लगत्तै स्थानीय मेयरको आलोचना गरेका थिए। उनले पाकिस्तानी मुलका लण्डनका मेयर सादिक खानलाई दुष्ट भनेका थिए भने खानले पनि उनलाई फासीवादीमध्येका एक भनेका थिए ।