arrow

वैदेशिक रोजगार ठगिमा पक्राउ परेका ल्यारक्याल ३० लाख बुझाएर हिरासत मुक्त

logo
प्रकाशित २०७२ चैत १० बुधबार
lyarkyar-lama.jpg.jpeg
काठमाडौं । हातहतियार तथा खरखजना मुद्दामा धरौटी बुझाएर प्रहरी हिरासत मुक्त हुने वित्तिकै वैदेशिक रोजागर ठगी अभियोगमा पक्राउ परेका एमाओवादी सांसद ल्यारक्याल लामा रिहा भएका छन् । गएको सोमबार जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर हिरासत मुक्त भई गेटमा नपुग्दै लामा वैदेशिक रोजगार ठगिमा प्रक्राउ परेका थिए । 
 
सोमबार साेझै वैदेशिक रोजगार विभागमा पेश भएका लामाको बयान हुन नसकेपछि प्रहरी हिरासतमै थिए । लामालाई प्रहरीले बयानका लागि वुधबार विभागमा उपस्थित गराएकामा दोषी ठहर गर्दै विभागले उनीसंग ३० लाख धरौटी मागेको थियो । लामाले धरौटी बुझाएर हिरासत मुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको छानविन घेरामा रहेका लामालाई दुई साता अघि दरबारमार्ग स्थित इन्भेस्टमेन्ट बैंक लकरमा खोल्न लगाउँदा चाइनिज पेस्तोलको १४ थान गोली भेटिएपछी प्रहरीले नियन्त्रणमा लिएको थियो । 
 
हातहतियार तथा खरखजना ऐन अन्तर्गत प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएका लाामा सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ६६ हजार ७ सय ५० रुपैयाँ धरौटी बुझाई छुटेकामा लगत्तै ठगि मुद्दामा पक्राउ परेका थिए । वैदेशिक विभागको वुद्धनगरस्थित कार्यालयबाट बाहिरिने क्रममा लामाले आफूमाथि अन्याय भएको बताए । आफ्नो कुरा विभागले नसुनेको भन्दै लामाले संचारकर्मीलाई आफुमाथि भएको अन्यायबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ