arrow

होली नमनाउने लिखित वक्तव्य जारी गर्ने मधेसी मोर्चाको किस्सा ?

मिथिलाको होली विहिबार

logo
प्रकाशित २०७२ चैत १० बुधबार
morcha-neta-holi-kissaa.jpg.jpeg
काठमाडौं । चैत गते सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले राज्यले आन्दोलनमा गरेको नरसंहारले मधेस स्तब्ध भएको भन्दै होली नमनाउन अपील गरेर संयुक्त विज्ञप्ती जारी गरे । वुधबार पूर्णीमाको दिन तराईमा होली धुमधामसंग मनाइयो । त्यो भन्दा अघि मोर्चाकै नेताहरुले रंग होली मनाए । 
 
सोमबार विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चा बैठकले मधेसमा सरकारले रगतको होली खेलेको भन्दै यस वर्षको होली नखेल्ने निर्णय गरेको थियो । होली नमनाउन सबैमा अपील गरेकामा त्यसको अवमूल्यन आफै गरेको किस्सा मधेसमा होली मनाइरहेका मोर्चाकै कार्यकर्ताले झन् झल्काए । सप्तरीबाट सहकर्मी ओमप्रकाश साहले मोर्चा कार्यकर्ता होलीमा बढी देखिएको सुनाए ।
 
उनका अनुसार होलीमा जाँड खाएर लड्ने मोर्चाकै कार्यकताहरु बढी थिए । यद्यपि, प्रहरीको कडा सुरक्षा व्यवस्थाले अप्रिय घटना भने हुन पाएनन् । त्यहाँका स्थानीयले भनेका छन्, ‘मधेसी नेताले भन्दै मधेसको साँस्कृतिक वर्प होली रोकिन्छ ? कुनै पनि हालतमा रोकिँदैन ।’ उता, सर्लाहीमा समेत होलीको रौनक विगतकै जस्तो रहेको हाम्रा सहकर्मीले जानकारी दिए । सिराहामा होली उल्लासपूर्वक मनाएको सहकर्मी सत्यनारायण चौधरीले जानकारी दिए ।  
मोर्चा नेतालेनै होली नमनाउने निर्णय गरेको २४ घण्टा नवित्दै आफैले होली खेले । नेताहरु मात्रै नभई कार्यकर्ताले समेत होलीको भरपुर रमाइलो लिए । आफ्नै निर्णय लत्याउँदै मोर्चामाआवद्ध दलका शीर्ष नेता महेन्द्र राय यादव, शरदसिंह भण्डारीलगायत रंगमय होलीमा रंगिए । मधेसी मोर्चाको अर्को मुख्य घटक संघीय समाजवादी फोरम नेपालका नेताहरुले मंगलबारे वीरगन्जमा भव्य कार्यक्रमकाबीच होली मनाएका थिए । 
 
 
विज्ञप्तीको पूर्णपाठ
 
मिथिलाको होली विहिबार 
मिथिलाञ्चलमा होलीको महत्व छुट्टै छ । मिथिलामा स्थानीय परिक्रमा (अन्तगृह परिक्रमा) को भोली पल्ट मात्रै होली मनाउन चलन छ । वुधबार स्थानीय परिक्रमा सकिएकाले विहिबार मात्रै होली मनाउने कार्यक्रम रहेको जनकपुरबाट सहकर्मी प्रविण साहले जानकारी दिए । मिथिलामा १५ दिन सम्म होली विधिवत रुपमा मनाइन्छ । जनकपुरबाट भागवान राम जानकीको डोलासंगै निस्केको लस्कर विभिन्न स्थान हुँदै फेरि जनकपुरमै आएर विश्राम लिन्छ । स्थानीय परिक्रमा सकिएको भोली पल्ट होली हुन्छ । राम जानकीको डोलासंगै जाने लस्करमा भारतीय तीर्थयात्री समेत उल्लेख्यरुपमा सहभागि हुन्छन् । त्रेतायुगमा सुरु भएको यो परम्परा अन्तर्गत यसरी तीर्थयात्रा गरे आफुले चाहेको कुरा पूरा हुने धार्मिक विश्वास छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ