arrow

'बोआओ'मा प्रम ओली: बिचारहरुको खुला प्रवाह र अवरोधविहिन ब्यापारको प्रारुप तयार हुनुपर्छ

कुनै देशको कमजोरीको फाईदा कसैले उठाउनु नहुने भन्ने भनाई भारतले पछिल्लो क्रममा गरेको नाकाबन्दी प्रति लक्षित रहेको

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
OLI_XI_CHina.jpg.jpeg
काठमाडौं। चीन भ्रमणमा रहेका प्रम केपी ओलीले कुनै मुलुकले दोस्रो मुलुकको कमजोरीको फाईदा उठाउन नसक्ने खालको सहकार्यको खाका अघि बढाउनु पर्ने बताएका छन्। बोआओ सम्मेलनलाई सम्बोधन गर्न चीनको सान्या पुगेका प्रमले बिचारहरुको खुला प्रवाह, अवरोधविहिन ब्यापार र सबैको जीत हुने सहकार्यको प्रारुप तयार गरिनुपर्नेमा जोड दिएका छन्।
 
एसियाको कुनै मुलुक पछाडी परे यो क्षेत्रमा शान्ती- समृद्धिको सपना पुरा हुननसक्ने धाराणा ओलीले सम्मेलनमा राखेका छन्। गरीबी र शान्ती एकैसाथ हिड्न नस्कने पनि बताएका छन्। 
 
कुनै देशको कमजोरीको फाईदा कसैले उठाउनु नहुने भन्ने भनाई भारतले पछिल्लो क्रममा गरेको नाकाबन्दी प्रति लक्षित रहेको थियो। भारतले नेपालको संविधानमा 'नोट' गरेको छ र पछिल्लो समय नेपाली प्रमको राजकिय भ्रमणपछि सँयुक्त बिज्ञप्ति आउन नसक्नु अझै नेपाल- भारतको सम्बन्धको चिसोपना हटि नसकेको स्पष् हुन आउँछ। भारतले नेपालमा करिब ६ महिना नाकाबन्दी लगाएको थियो जुन आफैले फिर्ता लिएको थियो। 
 
'बोआओ फोरम' एक गैर नाफामुलक संस्था हो। उक्त फोरमले बिभिन्न देशका नेता, उच्च पदस्थ सरकारी कर्मचारी, ब्यवसायी लगायतले आफ्नो भिजनका बारेमा जानकारी गराउने थलो हो। उक्त संस्थाको सचिवालय बेजिङमा रहे पनि नाम भने बोआओ ,हैनान प्रान्तका आधारमा राखिएको हो। यो फोरमले एशियन मुलुकहरुलाई एकअर्काको बिकासको अँधारणा साटासाट गराउन मदत्त गर्ने विश्वास गरिएको छ। 
 
प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या आइपुगेको थियो । 
 
सान्या आउनुअघि प्रधानमन्त्री ओलीले बेइजिङस्थित ‘ग्रेटहल अफ द पिपुल’ मा बुधबार जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष यु झेङ्गसेंगसँग भेट गरेका थिए । उहाँहरुबीच नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गरी सम्बन्ध सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
 
 
प्रम टोली सान्या आउनु अघि चीनले नेपालमा जारी संविधानको स्वागत गर्दै मुलुकको राजनीतिक विकास क्रमको दिशामा यो ‘ऐतिहासिक प्रगति’ हो भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सिलसिलामा आज जारी दुई मुलुकबीचको संयुक्त वक्तव्यमा यो अवसरलाई नेपालले राजनीतिक स्थायित्व र आर्थिक उन्नयनका लागि उपयोग गर्ने आशा पनि चीन सरकारले प्रकट गरेको छ । 
 
दुबै मुलुक सुधार, रुपान्तरण र विकासका विभिन्न चरणबाट गुज्रिरहेको तथ्यलाई स्वीकार्दै दुबै पक्षले द्विपक्षीय सम्बन्ध सम्बन्ध नयाँ उचाइमा पुगेको र दुवै मुलुकका सामु विकास र समृद्धिका थप अवसरहरु उपलब्ध रहेको उल्लेख गरेका छन् । त्यसै सन्दर्भमा दुवै पक्ष दुवै मुलुक र मुलुकवासीको समानता र साझा हित प्रवद्र्धन हुने किसिमले परम्परागत मित्रतालाई अङ्गिकार गर्दै अघि बढाउन र सहयोग गहन बनाउन सहमत भएका छन् । 
 
दुवै मुलुकले एकअर्काको सार्वभौमिकता भूअखण्डताको सम्मान, एकअर्काको सरोकार, हितको सम्मान र अङ्गिकार गर्ने दृढ प्रतिबद्धतालाई दोहाेर्‍याएका छन् । नेपाली पक्षले ‘एक चीन’ नीतिप्रतिको आफ्नो प्रतिबद्धतालाई दोहाेर्‍याउँदै आफ्नो मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र भूअखण्डताका लागि चिनियाँ पक्षले गर्दै आएका प्रयासहरुको समर्थनमा दृढतापूर्वक उभिएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ