- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट हाम्रा गौरब हुन् । हाम्रा मन्त्री हुन् । जोश र आँट भएका मन्त्री हुन् । जसले नेपालको बेरोजगारीलाई निमिट्यान्न पार्ने कसम खाएका छन् ।
नेपालमै रोजगारीको अवसर सिर्जना गरेर विदेशमा रहेका नेपालीलाई पनि स्वदेश फर्केर स्वरोजगार बनाउने अभियानमा छन् उनी ।
कोही बेरोजगार हुन नपरोस् भनी धमाधम बेरोजगारलाई रोजगार दिइरहेका छन् भलै त्यो एक महिनाको लागिमात्र किन नहोस् । भलै त्यो गाउँको बाँदर भगाउनदेखि चौरको झार गोड्न किन नहोस् ।
उनै मन्त्रीले नेपाली भाषामा कहकिला प्रस्तुतिसहित भाषण गर्छन् र आफ्ना कुराहरु जगत्मा फिजाउन सक्छन् ।
तर उनको अंग्रेजी केही कमजोर छ । सबै मानिस सबै चिजमा पोख्त हुन्छ भन्ने छैन । तर आफू पोख्त भएको भाषामा कुराहरु राख्न विश्वको जुनसुकै कुनामा पनि छुट छ ।
विशिष्ट व्यक्ति तथा अतिथिले दोभाषे राख्न सकिन्छ । अनावश्यक आफ्ना मान्छेहरु बाहिर जाँदा लैजाने संस्कार यसै पनि रोकिएको छैन । फेरि के फरक पर्छ त तिनै आफन्तमध्ये एकलाई दोभाषे बनाउँदा ।
त्यस्तै भयो यसपटक पनि मन्त्री विष्टको भाषण । स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको महासभालाई बिहीबार मन्त्री विष्टले अंग्रेजीमा सम्वोधन गर्दा आफ्नो गल्तीलाई दुनियाँ सामु सुनाए ।
जुन जरुरी नै थिएन । यसले गर्दा उनले दिएको सूचनासमेत खल्लो भएको छ । यसअघि पनि त्यस्तै अंग्रेजीमा भाषण गर्दा मन्त्री विष्ट आलोचित भएका थिए ।
के भने मन्त्री विष्टले ?
सभालाई सम्बोधन गर्दै मन्त्री विष्टले नेपालको श्रम बजारलाई मर्यादित बनाउन श्रम अडिट सुरु भएको बताएका छन् । ‘नेपालले मर्यादित श्रम, सामाजिक सुरक्षा र समधुर औद्योगिक सम्बन्धलाई केन्द्रमा राखी श्रम कानुनलाई सुधार गरेका छौं’, उनले भने, ‘श्रम कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानस्तरमा श्रम अडिट गर्न थालेका छौं ।’
भिडियोसहित–