arrow

भगवान रामको जन्मभूमिमा आतंककारी हमलाको सूचना, हाई अलर्ट जारी गरियो

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
aayodhdhya.jpg

अयोध्या। उत्तर प्रदेशको अयोध्यामा आतंककारी हमलाको सूचना आएपछि हाई अलर्ट जारी गरिएको छ । अधिकृत सूत्रका अनुसार शनिवार अयोध्यामा सम्भावित आतंककारी हमलाको मद्देनजर गर्दै विवादित श्रीराम जन्मभूमि समेत सम्पूर्ण अयोध्यामा हाई अलर्ट जारी गरिएको  भारतको समाचार संस्था वेव दुनियाँले जनाएको छ । 

अयोध्याको चारै तर्फ लागेको ब्यारियरमा कडा निगरानीपछिपनि वाहनहरुलाई प्रवेश दिइएको छ। शहरमा आउने जानेवाला ट्रेन, बसहरुमा सघन तलाशी गरिएको छ । होटल, लज एवं गेस्ट हाउसमा कडा नजर राखिएको छ । अयोध्यामा २००५ मा भएको आतंककारी हमला पछि यस मामलाबारे अदालतले फैसला यहि १८ जूनमा सुनाइनेवाला छ ।  त्यसैको समय पूर्व आतंककारी हमला हुनसक्ने सूचनाका कारण विभिन्न जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

पाँच जून २००५ मा अयोध्यामा फिदायीन हमलालाई सुरक्षाबलले असफल बनाउँदै ५ आतंककारीलाई मारेको थियो । यस मामलामा जम्मू-काश्मीरका चार आतंकवादीहरुलाई गिरफ्तार गरिएको थियो । 

उद्धव ठाकरेले रामलीलाको दर्शन गर्ने 
यस बीच शिवसेना प्रमुख उद्धव ठाकरे पनि आफ्नो १८ सांसदहरुका साथ आइतबार विहान १० बजे रामलीलाको दर्शन गर्नेवाला छन् । प्रहरीले यसमा उनको सुरक्षालाई ध्यान दिँदै यसबारे सार्वजनिक रुपमा यसबारे कुनैपनि सूचना दिएका छैन । 

वरिष्ठ प्रहरी अधिकारीहरुले भनेका छन् कि प्रशासनको कुनै आतंककारी इनपुट मिलेको छैन । तर, पनि सूचनालाई ध्यान दिँदै पूरा सतर्कता अपनाइएको छ । उनले सबैभन्दा धेरै ज्यादा सुरक्षा विवादित श्रीराम जन्मभूमि, प्रसिद्ध हनुमानगढी मन्दिर, कनक भवन मन्दिर र नागेश्वरनाथ मन्दिरमा तथा उनको आसपासमा राखिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ