arrow

भूतपूर्व गोर्खाहरुले मागेको जवाफ खोज्न परराष्ट्रलाई एक महिना लाग्ने !

के मागे गोर्खाहरुले ?

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Ministry-of-Foreign-Affairs-Nepal.jpg.jpeg
काठमाडौं । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ पाँच दिने औपचारिक नेपाल भ्रमणमा आउनु एक दिन अघि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले काठमाडौंस्थित बेलायती राजदूतावासअघि शान्तिपूर्ण प्रदर्शन र बेलायत सरकारलाई ज्ञापनपत्र बुझायो । ह्यारी नेपाल आउनुअघि गोर्खाहरुलाई सम्झिएका थिए । ‘जहाँ गोर्खा सैनिक छन्, त्यहाँ सुरक्षाको कुनै चिन्ता छैन’ भनेका राजकुमार ह्यारी भ्रमण क्रममा नेपालका विभिन्न ठाउँ पुगे ।
 
उनले पोखरामा रहेको ब्रिटिश क्याम्पमा समेत वीरगतिप्राप्त गर्ने गोर्खाहरुलाई श्रद्धाञ्जली अर्पण गरे । नेपाल बेलायतबीचको सम्बन्ध दुई सय वर्ष पुगेकामा बेलायती महारानीको प्रतिनिधीका रुपमा राजकुमार नेपाल आउँदा बेलायती राजमुकुटको रक्षार्थ सेवा गरेका पूर्व गोर्खाहरु गुनासो मुक्त हुन सकेका छैनन् । आफुहरुको अस्तित्व र योगदानबारे दुवै देशले खोजविन नगरेको भन्दै विभिन्न चरणमा आन्दोलन गरेका भूतपूर्व गोर्खाहरुले बेलायत सरकार र नेपाल सरकारलाई विभिन्न जवाफहरु मागेका छन् । जुन अवाफ न बेलायत सरकारसंग छ, न नेपाल सरकारसंग । 
 
आफुहरुले मागेको जवाफ आउन एक महिना लाग्ने गेसोका सभापति पदमबहादुर गुरुङले बताए । गुरुङले भने, ‘बेलायती दूतावासले ज्ञापनपत्र सरकारलाई पठाइदिन्छौं भनेको छ, नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सामग्रीहरु भेटिन्छन् भेटिँदैनन्, भेटिए उपलब्ध गराउँछौं भनेको छ ।’ 
 
के–के मागिएको छ ? 
विगतमा दुई देशबीच के कस्तो सम्झौता भएको थियो ? 
सार्वभौम सत्तासम्पन्न मुलुक नेपाल बेलायतको उपनिवेश नभएकाले पहिलो र दोस्रो विश्व युद्धमा गोर्खालाई लडाउनुको कारण के थियो ? 
युद्धमा होमिएर (हत्या गरे सरह) मारिएका तथा बेपत्ताको अवस्था सार्वजनिक किन गर्न सकिएन ? त्यसको जानकारी सम्म नआएकाले जानकारी गराउन हुन । 
युद्धमा कोचेर मर्न लगाउनुको औचित्य के ? राष्ट्रले के क्षतिपूर्ति पायो ? 
गार्खाहरुलाई बेलायती प्रधानमन्त्रीले ब्रुनाईमा बेच्ने अधिकार कहाँबाट प्राप्त भयो ? यी सवै सवालको को जवाफ चाहियो । 
 
जवाफ छ तपाईहरुसंग ? 
परराष्ट्र मन्त्रालयका सह–सचिव तथा सूचना अधिकृत सुधिर भट्टराईले आफुहरु सामग्री संकलनमा लागेको जानकारी दिए । भट्टराईले भने, ‘उहाँहरुले धेरै लामो विवरण माग्नु भएको छ, कति सम्म हामीसंग उपलब्ध हुन्छ र कति दिन मिल्छ हामी दिन्छौं ।’ जति भेटिन्छ त्यति हामी दिन्छौं । खोज्नु पर्ने भएकाले समय लाग्छ नै । 
 
त्रिपक्षीय सम्झौता नभई ‘स्मरण पत्र’ मात्रै थियो, त्यो पनि लज्जाजनक !
दोस्रो विश्वयुद्धताका भर्ना भएका अढाई लाख नेपाली गोर्खाहरुबारे बेलायतका कर्णेल, भारतकातर्फबाट पनि सामान्य ओहोदाका व्यक्ति र नेपालको पक्षबाट पनि सामान्य ओहोदाकै व्यक्तिले हस्ताक्षर गरेको स्मरण पत्र मात्रै रहेको बताइन्छ । जसलाई भूतवूर्प गोर्खाहरुले अवैध भनिरहेका छन् । वैधानिक भएकै भए त्रिपक्षीय सम्झौता बेलायतको अदालले माग्दा समेत पेश गर्न सक्नु पर्दथ्यो, सकेन गेसो सभापति गुरुङले भने, ‘दुबै मुलुकसंग आधिकारिक कुनै डकुमेन्ट छैन ।’ उबेला मर्ने र बेपत्ताबारे केही जानकारी दिइएन र बाँचेर आएकालाई समेत एउटा देशलाई यती, अर्को देशलाई यती भन्दै पशु सरह भाग विला लगाइयो । गुरुङले थपे, ‘मान्छेलाई यसरी भागवण्डा गरे, टाउको बेचे ।’ 
 
आफुहरुमाथि भएको अन्यायविरुद्ध भूतपूर्व गोर्खाहरु बेलायतमै गएर विभिन्न मुद्दाहरु लडे । जसमध्ये धेरै मुद्दा जिते तर, असमानता कायमै रहयो । मूख्यतः समान पेन्सनको मुद्दा गेसोले फिर्ता लियो । गोर्खाहरुले बेलायतमै सपरिवार बस्ने अधिकार प्राप्त गरेपनि मुद्दा फिर्ताकै कारण त्यहीँका पूर्व सैनिक सरह पेन्सन पाउन सकेनन् । अहिले पनि नेपालमै रहँदाको पुरानै पेन्सन थाप्न बाध्य छन् । बेलायतको महंगो बसाईमा  जीवन धान्न पूर्वगोर्खाहरुलाई धौ–धौ परिरहेको छ ।     



नयाँ