arrow

‘लू’ ले लग्यो दुई दिनमा १४३ भन्दा बढीको ज्यान

logo
प्रकाशित २०७६ असार २ सोमबार
water-no.jpg

काठमाडौं । भारतको विहारमा गर्मीले गर्दा ज्यान जानेको संख्या बढेको छ । लू लागेर बिहारमा १४३ भन्दा बढीको ज्यान गएको स्थानिय प्रशासनले बताएको छ । 

आइतबार ७७ तथा शनिबार ६६ जनाको ज्यान गएको हो । औरंगाबादमा ३३ जनाको मृत्यु भएको छ । 

आइतबार मात्रै औरंगावादमा ३३, नवादामा १२, पटनामा ११, गयामा ९, बक्सरमा ७ तथा आरामा ५ जनाको लू का कारण मृत्यु भएको छ ।  

आइतबार पटनामा  ४५, गयामा ४४.४, मुजफ्फरापुरमा ४२.६ र भागलपुरमा ४१ डिग्री गर्मी रह्यो । 

ती क्षेत्रका अस्पतालमा पंखा तथा कूलर राख्न निर्देशन दिइएको छ । 

तीन स्थानहरुमा सबै विद्यालय ठप्प छन् । बिहीबार पछि मौसममा सुधार हुने भारतीय मौसम विभागले जनाएको छ । 

यो आपतको बेलामा अस्पतालमा भने चिकित्सकको अभाव छ । पश्चिम बंगालका डाक्टरको समर्थनमा सोमबार देशभर अस्पतालमा डाक्टरले सेवा दिने छैनन् । उनीहरु हड्तालमा रहेका हुन् । 
मौसमका कारण पानीको थोपा खोज्न पनि समस्या भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ