ती क्षेत्रका अस्पतालमा पंखा तथा कूलर राख्न निर्देशन दिइएको छ ।
तीन स्थानहरुमा सबै विद्यालय ठप्प छन् । बिहीबार पछि मौसममा सुधार हुने भारतीय मौसम विभागले जनाएको छ ।
यो आपतको बेलामा अस्पतालमा भने चिकित्सकको अभाव छ । पश्चिम बंगालका डाक्टरको समर्थनमा सोमबार देशभर अस्पतालमा डाक्टरले सेवा दिने छैनन् । उनीहरु हड्तालमा रहेका हुन् ।
मौसमका कारण पानीको थोपा खोज्न पनि समस्या भएको छ ।