काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटलबीच बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकहरुलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक श्री अजय भारद्वाजले हस्ताक्षर गरे ।
बैंकको देशभर २ सय ८४ शाखा कार्यालय, २ सय ९४ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ