बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले छ लाख रोजगारी सिर्जना गर्ने
सिन्ह्वा,
प्रकाशित २०७६ असार ७ शनिबार
994
Shares
तियानजिन, चीन। बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै छ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ। विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी अनुसार भविष्यमा यति धेरै रोजगारी सिर्जना गरिने भएको हो।
चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु आउने बताए। अहिले निर्माणाधिन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको बैकल्पिक व्यवस्था स्वरुप यो विमानस्थल निर्माण गरिएको हो। सन् २०१८ को तथ्याङ्क अनुसार झण्डै दश करोड यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए।