सीआइएलाई सूचना दिएको भन्दै इरानद्वारा ‘रक्षा मन्त्रालयका ठेकदार’लाई मृत्युदण्ड
एएफपी,
प्रकाशित २०७६ असार ७ शनिबार
627
Shares
तेहरान। अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई सूचना दिएको भन्दै इरानद्वारा ‘रक्षा मन्त्रालयका ठेकदार’लाई मृत्युदण्डको सजाय सुनाएको इरानी समाचार संस्था आइएसएनएले शनिबार जनाएको छ।
“रक्षा मन्त्रालयको हवाई विभागमा ठेकेदारका रूपमा काम गर्दै आएका जलाल हाजी जावरले सीआइए र अमेरिकी सरकारलाई रक्षाका सूचना पुर्याएको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएको छ,” इरानी सैनिक स्रोतलाई उद्धृत गरी आइएसएनएको समाचारमा जनाइएको छ।
तर उक्त समाचार संस्थाले जावरलाई कहिले सजाए सुनाइएको र कसरी मृत्युदण्ड दिइएको भन्नेबारे केही खुलाएको छैन।