‘काँग्रेसको नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट आउनसक्ने’
एएनआई,
प्रकाशित २०७६ असार ९ सोमबार
922
Shares
नयाँ दिल्ली। भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले बताएका छन्। भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि नेतृत्व हुनसक्ने चर्चा भएको हो।
काँग्रेसका एक जना प्रभावशाली नेता पी एल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताइएको समाचारमा जनाइएको छ।उनले भने, “देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्छ।” काँग्रेसका छत्तिसगढ प्रदेश प्रमुख समेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गरे।
गान्धीले चाहेमा उनले नै गर्ने र उनले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाले बताए।