arrow

बेकह्यामले विद्यार्थीसँग खेले फुटबल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1926830389.jpeg
भक्तपुर । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले शुक्रबार यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेलेका छन् । उनले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेलेका हुन् ।

उनले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम हाडाले बताए । 
बेकह्यामले स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्पपीडित विद्यार्थीसँग कुरा पनि गरेका थिए ।

बिबिसीको संयोजनमा युनिसेफका सद्भावनादूत समेत रहेका बेकह्याम भूकम्पपछिको अवस्थाबारे बुझ्न र बिबिसीको युनिसेफले निर्माण गर्न लागेको वृत्तचित्र छायाङ्कनका लागि नेपाल आएका हुन् ।

बेकह्याम शुक्रबार बिहान त्रिभुवन विमानस्थल उत्रिएर सिधै भक्तपुर आएका थिए । बेकह्याम विमानस्थलबाट भक्तपुरको सल्लाघारीसम्म माइक्रोबस र सल्लाघारीबाट सफा टेम्पो चढेर दरबार स्क्वायर आएका थिए । उनलाई हेर्न सर्वसाधारणको निकै घुइँचो लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ