arrow

चीनको सिनजियाङमा मुस्लिम समुदायलाई 'वायुको जेल'

वीगर समुदायको घरको ढोकामा क्यूआर कोड्स, अनुहार चिन्नकालागि क्यामरा फिट

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
xinjiang-china.jpg

काठमाडौं। पछिल्ला केही दिनखेखि देशको पश्चिमी क्षेत्र सिनजियाङमा रहेका अल्पसंख्यक मुसलमानप्रति रवैया देखाएका कारण चीनको चर्को आलोचना भइरहेको छ। चीनले सो राज्यमा रहेका ठूलो संख्याका मुसलमानलाई क्याम्पमा कैद गरेर राखेको आरोप आलोचकहरुले लगाएका छन्।

एउटा संयुक्त राष्ट्रसंघीय कमिटीले सिनजियाङमा करिब ८ लाख मुसलमानलाई हिरासतमा राखि उनीहरुलाई ‘दोस्रो पटक शिक्षा’ दिइरहेको जानकारी दिएको थियो। सिनजियाङमा मुसलमानलाई बन्दी बनाइएको धेरै प्रमाणहरु सार्वजनिक भएका छन्। चीनले सो क्षेत्रमा धेरै मुस्लिम अल्पसंख्यकहरूलाई त्रासमा राख्दै असुरक्षित बनाइएको आरोप छ। सिनजियाङको वरिपरि चीनिया सरकारको व्यापक निगरानीले सो क्षेत्रलाई वायुको जेल’ भनी वर्णन हुने गरेको छ। 

सिनजियाङको आफ्नै लामो इतिहास छ। चीनको १.४ अरब जनसंख्यामा लगभग
२ करोड २० लाख जनसंख्याको भएको क्षेत्र हो, सिनजियाङ। सिनजियाङमा कुल जनसंख्याको आधा भाग मुस्लिम भएपनि उनिहरुको कुरा चल्दैन। त्यहा उनीहरुलाई  दमन गरेर राखिएको छ। एक रिर्पोटका अनुसार मुस्लिम समुदायको लागि अहिले पनि चीनको सिन्जियाङमा दास प्रथा रहेको पुष्टि गरेको छ। तर चीनले आफुहरु सो क्षेत्रमा आप्रवासी कार्यक्रमको रूपमा स्वैच्छिक व्यावसायिक प्रशिक्षण सञ्चालन गरिदै आईरहेको जनाईएको छ।

आमा बुवालाई भेटन आएका टरसुनको पिडा 
मिह्रगुल टरसुन उर्मिकले जब आफ्नो आमा बुवालाई भेट्न चीनको सिन्जियाङ पुगे तब उनलाई थाहा थिएन तीन वर्ष उसलाई पिडा खेप्नुपर्नेछ। हो, टरसुन आमा बुवालाई भेटेर चीनबाट जब फर्किन थाले उनलाई एयरपोर्टमा मुस्लिम भएकै कारण सोधपुछ गर्न थालियो। टरसुनलाई विभिन्न किसिमका मानसिक यातना दिदै सिन्जियाङमा बसोवास गर्ने व्यक्तिहरुलाई कसरी चिन्नुहुन्छ भनेर धेरै प्रश्नहरु तेर्साए। जब टरसुनले चिनिया अधिकारीहरुलाई जवाफ दिन सकेनन् अनि उनलाई हिरासतमा लिइयो। ऊ सँग रहेको तिनवटा बच्चालाई अलग गरेर टरसुनलाई तीन महिनासम्म हिरासतमा राखियो। टरसुन तीन महिला पछि नजरबन्दबाट बाहिर आउँदा डाक्टरले उसलाई भन्यो कि तपाईको बच्चा मोहनेद अस्पतालमा छ। अस्पताल जाँदा उसको बच्चाको मृत्यु भइसकेको थियो। टरसुन त्यसपछि आफ्नो २ वटा बच्चा लिएर मृत्यु भएको बच्चा मोहनेदको यादमा आफ्नो जीवन विताइरहेको छ।

सिनजियाङ क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायसँग चिनिया सरकारले यस्तै किसिमको पक्षपातपूर्ण व्यवहारहरु गर्दै आइरहेको छ। टरसुन भन्छन्, 'म आफ्नो बच्चा मोर्स र एलिनालाई मृत्यु भएका छोरा मोहनेदलाई चीन सरकारले हत्या गरेको कुरा बताउँछु।' 

टरसुनका अनुसार सिन्जियाङ क्षेत्रमा बासोवास गर्ने बहुसंख्यक मुस्लिम र बेङजिङको झगडामा आफ्नो बच्चा सिकार भएको हो। सिएनएनको रिपोर्ट अनुसार सियांजी क्षेत्रका आठ लाख मुस्लिम जनतालाई चिनिया सरकारले हिरासतमा राखेर चिनियाँ गतिविधि बारे शिक्षा दिइरहेको छ।

को हुन वीगर ?
चीनको पश्चिमी प्रान्त सिनजियाङमा रहेका एक करोडभन्दा धेरै वीगर समुदायका मानिस मुसलमान छन्। सांस्कृतिक रुपमा मध्य एसिया देशका निटक मान्ने उनीहरुको भाषा पनि टर्कीसँग मिल्दोजुल्दो छ।

केही वर्षयता ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीय समूह ‘हान’ सिन्जियाङमा बसाई जानु एक संवेदनशील मुद्दा बनेको छ। अर्को समूह हावी भएपछि वीगर समुदायका मानिसको सिन्जियाङबाट रोजगारी र संस्कृति खतरामा पर्न थालेको हो।  

कहाँ छ सिन्जियाङ ?
सिन्जियाङ चीनको पश्चिम क्षेत्रको सबैभन्दा ठूलो प्रान्त हो। यसको सिमाना भारत, अफगानिस्तान र मंगोलियालगायतका केही देशसँग जोडिएको छ। यसलाई पनि तिब्बतलाई जस्तै स्वायत्त क्षेत्र भनेर पनि चिनिन्छ। तर यहाँको सरकारको साँचो बेइजिङको हातमा रहेको छ।

वर्षौदेखि यो प्रान्तको अर्थव्यवस्था खेती र व्यापारमा केन्द्रित रहँदै आएको छ। २० औं शताब्दीको सुरुवातमा वीगर समुदायले केही समयकालागि मात्रै भए पनि सिनजियाङ प्रान्तलाई स्वतन्त्र घोषणा गरेका थिए । पछि १९४९ को कम्युनिष्ट क्रान्तिपछि यो प्रान्त चीनको एक भाग बनेको हो  ।

अहिले सिनजियाङमा के भैरहेको छ?
२०१८ को अगस्ट महिनामा संयुक्त राष्ट्रसंघको एक मानवअधिकार समितिका अनुसार वीगर स्वायत्त क्षेत्र नजरबन्दमा.परेको छ। त्यसबेला यहाँ १० लाख मानिस हिरासतको जीवन बिताइहेको बताइएको थियो।

मानवअधिकार संगठनका अनुसार एकातर्फ बन्दी क्याम्पका राखिएका मानिसलाई चिनियाँ भाषा सिकाउने गरिन्छ। उनीहरुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति वफादार रहेको कसम पनि खान लगाइन्छ। र उनीहरुको आफ्नो धर्म र संस्कृतिको आलोचना पनि गर्न लगाइन्छ।

वीगर समुदायले कडा निगरानीको सामना पनि गर्नु परेको छ। उनीहरुको घरको ढोकामा क्यूआर कोड्स लगाइएको छ र अनुहारलाई चिन्नकालागि क्यामरा पनि फिट गरिएको छ। अधिकारीले आफूले चाहेको बेलामा घरभित्र को छ भनेर थाहा पाउन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ