arrow

भुकम्पले क्षति पुर्‍याएका उत्तरी क्षेत्रका खानेपानी मुहान सुक्दै

पुर्ननिर्माणमा सरकारी भन्दा गैरसरकारी संस्थाको चासो

logo
श्याम खतिवडा,
प्रकाशित २०७२ चैत १२ शुक्रबार
दोलखा । वैशाख १२, १३ र २९ को शक्तिशाली भुकम्पबाट क्षति भएका दोलखा उत्तरी क्षेत्र अन्र्तगत कतिपय गाविसमा खानेपानीका मुहानहरु सुक्न थालेपछि स्थानीयलाई खानेपानीको संकट देखापर्न थालेको छ ।  उत्तरका विशेषगरी आलम्पु, विगु, चिलंखा, खोपाचाँगु, कालिञ्चोक, बाबरे, लादुक लगायतका गाविसमा यस्तो समस्या देखिएपछि स्थानीयवासिहरु चिन्तित भएका छन् । सुक्ने मुहानहरुमा आलम्पुको वासा आलम्पु खानेपानी योजना, वावरेका सिमको सिरान खानेपानी आयोजना, विगुको गुम्वा डाँडा खानेपानी आयोजना लगायत रहेका छन् । पानी सुकेपछि स्थानीय वासिन्दाले वैकल्पिक उपायको खोजी गर्न सरकारी तथा गैरसरकारी संस्थालाई आग्रह गरेपछि उत्तरी क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरुले कतिपय आयोजनाहरु मर्मत तथा निर्माणमा चासो देखाएका छन् । 
 
भुकम्पले जमिनको सतह हल्लाएपछि मुहानमा असर पर्न गएकोले पानी सुक्न थालेको स्थानीय वासिन्दाहरुले वताइरहेका छन् । ३ वर्ष अगाडी मात्र ग्रामिण विकास टुकि संघ तथा सिविन नेपालले आलम्पु गाविसमा निर्माण गरेको वासा आलम्पु खानेपानी आयोजनाको मुहान सुकेपछि अर्को वैकल्पिक मुहान खोजी खानेपानी पुर्ननिर्माण गर्ने भएको छ । टुकी सिविन स्रोत केन्द्रले विगुको गुम्वा डाँडा खानेपानी आयोजना पुर्ननिर्माणका लागि समेत प्रक्रिया अगाडी वढाइसकेको टुकि सिविन स्रोत केन्द्रका कार्यक्रम व्यवस्थापक रविन्द्र पराजुलीले बताएका छन् ।
 
पराजुली भन्छन् हामीले काम गर्ने ८ वटै गाविसहरुमा खानेपानीको चरम अभाव छ पहिलेका मुहानहरु भटाभट सुक्न थालेका छन । तसर्थ हाम्रो पुर्ननिर्माण अभियान भनेकै जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउने तिर केन्द्रित छ, हामीले दर्जन भन्दा वढि खानेपानी आयोजनाको काम गरिरहेका छौँ । यसैगरी स्रोत केन्द्रले वावरे स्वास्थ्य चौकीमा सुरक्षित खानेपानी धारा निर्माण गरीसकेको छ भने बाबरेकै ६ नम्बर वाडको डाँडागाउमा पनि खानेपानीका लागि पाइप सिमेन्ट लगाएतका सामाग्री वितरण गरिसकिएको व्यवस्थापक पराजुलिले बताएका छन ।
 
केन्द्रले लामिडाँडाको पोखरेमा पनि खानेपानिको समस्या भएको भन्दै २२ सय मिटर पाइप उपलब्ध गराइसकेको छ । खोपाचागुको सोरुङखोला र  चिलङखाको गाविस भवन आसपासको क्षेत्रमा पनि सामाग्रीहरु उपलब्ध गराएको टुकि सिविन स्रोत केन्द्रले जनाएको छ । यस्तै उत्तरको कालिञ्चोक गाविसमा पनि नामसालिङ्ग सामुदायिक विकास केन्द्र र टुकि सिविन स्रोत केन्द्रको सहकार्यमा ३०० घरधुरीलाई खानेपानीको पहुँच पुग्ने गरी खानेपानी आयोजना निर्माण सम्पन्न भएको नामसालिङ्गका दोलखा व्यवस्थापक राजन क्षेत्रीले वताएका छन् ।
 
पहिलेका मुहान सुकेपछि नयाँ मुहान पत्ता लगाउन र तत्काल खानेपानि सहज गर्न असहज भएको स्थानियहरुको गुनासो छ । एमाले नेता एवम चिलङखाका स्थानियवासि प्रविन खड्का भन्छन राज्यको उपस्थिति कमजोर भएकै कारण जनताले स्वच्छ खानेपानि खान पाएनन् । उनी भन्छन डाटा संकलन गरेर गएको खानेपानी कार्यालय अहिले सम्म फर्केन । भुकम्प गए लगत्तै जिल्ला दैवि प्रकोप उद्दार समितिको करले एक पटक गाँउ पुगेको खानेपानी कार्यालय अहिलेसम्म गाँउ फर्केको छैन । क्षति भएका मुहानहरु मर्मतका लागि सयौँ आवेदनहरु परेपनि पहुँचवालाले मात्र खानेपानी पाईप प्रयोग गरेको सरोकारवालाहरुले वताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ