arrow

भारतसंग बंगलादेशलाई रोक्ने हिम्मत छ ? 

शाकिबलाई रोक्नै मुस्किल, हार्न जानेको टिम भारतका समर्थक पनि ह्वात्तै घटे 

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
ban-india.JPG

काठमाडौं । इंगल्याण्डमा चलिरहेको एक दिवसीय विश्वकप क्रिकेटको ४० औं खेलमा मंगलबार छिमेकी प्रतिद्धन्द्धीहरु भारत र बंगलादेश भिड्दै छन् । 

सामान्य तरिकाले बुझ्ने हो भने भारतले दिउँसो ३ः१५ बजेदेखि बर्मिंघममा सुरु हुने खेल सजिलै जित्ने छ । 

इतिहास पल्टाउने हो भने भारतले फराकिलो अन्तरको जित निकाल्नेछ । 

भारत १२ वर्षदेखि बंगलादेशसंग विश्वकपमा हारेको छैन । सन् २००७ मा बंगलादेशले पोर्ट अफ स्पेनमा भएको खेलमा ५ विकेटको जित निकाल्न सफल भएको थियो । 

त्यसपछिका दुवै खेल भारतले जितेको छ । सन् २०११ को ढाकामा भएको खेलमा भारत ८७ रनले र २०१५ मा मेलबर्नमा भएको खेलमा १०९ रनले जितेको थियो । 

एक दिवसीयमा पनि भारत अगाडि छ । ३५ एक दिवसीय खेलमा भारतले २९ खेल जित्दा ५ खेल बंगलादेशले जितेको छ । एक खेलमा नतिजा आएको थिएन । 

बंगलादेश सन् २०१५ पछि भारतलाई जित्न सकेको छैन । 

वर्तमानमा बंगलादेश 
वर्तमानमा बंगलादेश सशक्त टिम बनेको छ । बंगलादेशले अप्रत्याशित नतिजाहरु निकाल्न सफल भएको छ । 

बंगलादेशले विश्वकपमा दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफगानिस्तानलाई हराएको छ भने श्रीलंकासंग अंक बाँड्यो । 

त्यस्तै न्यूजिल्याण्ड झिनो २ विकेटले विजयी भयो । अष्ट्रेलियाले ४८ रनले जिते पनि बंगलादेशले ३३३ रन बनाएको थियो । 

यो प्रदर्शनलाई आधार मान्ने हो भने बंगलादेशले भारतलाई पनि नहराउला भन्न सकिँदैन । फेरि बंगलादेशसंग शाकिब अल हसन छन् । 

जो म्यान अफ द सिरिजका प्रमुख दावेदार हुन् । उनी अलराउन्ड प्रदर्शन गरिरहेका छन् । ब्याट् र बल दुवै चलकाले पनि शाकिबलाई रोक्न भारतलाई टाउको दुखाइ हुनेछ । 

जितहारले के हुन्छ ? 
७ खेलबाट ११ अंकको भारत यो खेल जित्दा सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ । यसअघि अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ । 

७ खेलबाट ७ अंकको बंगलादेशले जित्दा ९ अंक हुनेछ र सेमिफाइनलका लागि दावेदार बन्नेछ । अन्तिम खेलमा बंगलादेशले पाकिस्तानसंग खेल्नेछ । पाकिस्तानको पनि ९ अंक भएकाले भिडन्त रोमान्चक हुनेछ । 

तर हारले भने बंगलादेश सेमिफाइनल होडबाट बाहिरिनेछ । चौथो स्थानको इंगल्याण्डको १० अंक भएकाले यो खेल हार्नासाथ बंगलादेश विश्वकपबाट बाहिरिने पाँचौं टिम बन्नेछ । 

भारतको के भरोसा ? 
भारतको भरोसा भारतीय समर्थकलाई गुम्दै गएको छ । आइतबार रातिको खेलमा इंगल्याण्डसंग जानीजानी हारेपछि भारतका समर्थक भारतीयहरुबाहेक सबै घटेको विश्लेषण गरिएको छ । 

भारतले पाकिस्तानलाई सेमिफाइनल प्रवेशको सम्भावनाबाट रोक्नका लागि यो किसिमको नाटक गरेको दावी धेरै विश्लेषकहरुको छ । 

महेन्द्र सिंह धोनीले अहिलेसम्म खेलेका खेलमा यसअघि एकमात्र खेलमा अपराजित रहँदा टिमले हारेको थियो । होइन भने प्रत्येक खेलमा जिताएका थिए । 

धोनी धार्ने मनसायका साथ नै घुँडा टेकेका थिए । त्यसैगरी रोहित शर्माको खेल पनि सुस्ताएको थियो । 

ठूलो चुनौती पार गर्न जुवा खेल्नुपर्छ भनेझैं भारतले जितको चाह राखेको भए हार्दिक पाण्डेयालाई तेस्रो नम्बरमै मैदानमा उतार्ने थियो । 

इंगल्याण्डले छक्काको बर्षा गर्ने अनि सानो मैदानमा भारतीय डराउने भन्ने हुनै सक्दैन । त्यसको मेहनत भारतीयले गरेको देखिएन । 

आइतबार रातिको खेल भारतले जितोस् भनी दक्षिण एसियाली सबै राष्ट्रको कामना थियो । त्यसमा पाकिस्तानको पनि स्वार्थ थियो । 

दुर्भाग्य भारतीय खेलाडीहरुको मिलेमतो हार्नका लागि देखियो । यही दुर्भाग्यबीच भारतका समर्थक घटेका छन् । 

त्यसो त भारतका खेलाडीहरु चोटले पनि ग्रस्त छन् । यही ग्रस्तबीच बंगलादेशसंग हारेका खण्डमा आश्चर्य नमाने हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ