- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की सांसद खिमकुमार विश्वकर्माले खानयोग्य वस्तु नलगाउन माग गरेकी छन् । राष्ट्रियसभाको बैठकमा सांसद विश्वकर्माले पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न वनमा बाँदरलाई खानयोग्य वस्तु नलगाउन माग गरेकी हुन् । उनले कर्मचारी समायोजनमा पक्षपात नगर्नका लागि ध्यान दिन माग गरिन् ।
साथै उनले महिला मन्त्रालयको बजेट वृद्धि गर्न र वन संरक्षणमा छोटो समयमा राम्रो काम गरेको सामुदायिक वन उपभोक्ता समूहको भूमिकालाई अगामी दिनमा नयाँ ढङ्गले सोच्न आग्रह गरिन् ।
समाजवादी पार्टी नेपालका रामप्रीत पासवानले सङ्घीयतालाई कमजोर पार्ने दृष्टिकोणबाट नयाँ बजेट आएको टिप्पणी गरेका छन् । उनले तराई-मधेशमा कृषिको विकासमा बजेटले ध्यान नदिएको भनी गुनासो गरे।