-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अमेरिका महिला बिश्वकप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलमा अमेरिकाले इंगल्याण्डलाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको १० औं मिनेटमा क्रिस्टिन प्रेसले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

एलिन ह्वाइटले १९ औं मिनेटमा इंगल्याण्डका लागि बराबरी गोल फर्काइन् ।
३१ औं मिनेटमा एलेक्स मोर्गानले गोल गर्दै टिमलाई २–१ अन्तरले अग्रता दिलाइन् ।
मिल्ली ब्राईट रातो कार्ड खादै मैदान बाहिरिएपछि अन्तिम ४ मिनेट इंगल्याण्ड १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।

अमेरिका लगातार तेस्रो पटक विश्वकपको फाइनल पुगेको हो ।
अर्को सेमिफाइनलमा स्वीडेन र नेदरल्याण्ड खेल्दैछन् । खेल बुधबार राति १२ः४५ बजे सुरु हुँदैछ ।