arrow

रानीमहलका बारेमा पत्रकार नै किन विभाजित ?

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
Ranimahal-both.jpg.jpeg
काठमाडौ । ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्र पाल्पाको रानीमहलको अस्तित्व संकटमा पर्न लागेको समाचार आएपछि पाल्पामा पत्रकारहरु दुई धारमा विभाजित भएका छन् । रानीमहलको सय मिटर माथिबाट कालीगण्डकी करिडोर खनिएकाले रानीमहल जोखिममा पर्न नदेउ भन्ने खालका समाचार स्थानीय र राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारणभएपछि पत्रकारहरु विभाजित भएका हुन् । 
 
समाचार आएपछि पत्रकारहरुको एउटा धारले मोटरबाटो खनिनु पर्छ र कालीगण्डकी करिडोरको कुनै पनि सम्बन्ध रानीमहलसँग छैन भनेको छ भने अर्को धारले समयमै ख्याल गरिएन भने भोलिका दिनमा कालीगण्डकी करिडोरका कारण रानीमहलको अस्तित्व संकटमा पर्ने दावी गरेको छ । 
 
रानिमहत संकटमा पर्न लाग्यो भन्ने समाचार आएपछि पत्रकार महासंघ पाल्पाका पुर्वअध्यक्ष समेत रहेका पत्रकार भगवान भण्डारीले सामाजिक सञ्जालमा यस्तो लेखे, ‘कालीगण्डकी लोकमार्ग र रानीमहलबिच कुनै साइनो छैन, रानीमहल पूर्ण सुरक्षित छ । समझना रहोस रानिमहल कडा चट्टानमा अवस्थित छ ।’ केही राष्ट्रिय सञ्चार माध्यम र अनलाइनमा रानीमहल संकटमा परेको नयाँ फोटो सार्वजनिक भएसँगै भण्डारीले रानीमहल राम्रै अवस्थामा रहेको पुरानो फोटो राखेर यस्तो स्टाटस लेखेका हुन् । 
 
कालीगण्डकी करिडोरका आयोजना प्रमुखको पक्षमा आफु रहेको देखाउन नै उनले यस्तो स्टाटस लेखेको समाचार लेख्ने पक्षको दावी छ । तर, भगवानले दुईवर्ष अघिको फोटो पोष्ट गरेर राखेको स्टाटसले खुवै आलोचना पाएको छ । सोही फेसबुकको स्टाटसपछि केही अन्य पत्रकारसमेत भण्डारीकै साथमा रहेका छन ।  
 
यो कुराको पुष्टि उनको स्टाटसमा धेरैले लेखेको कमेन्टले पनि प्रष्ट हुन्छ । पाल्पाली पत्रकारितामा धुमिल गराउन खोजेकोमो चिन्ता प्रकट गर्ने पनि छन् । पत्रकार माधव अर्यालको स्टाटसले पनि सबै पत्रकारलाई सोच्न पर्ने बाध्य तुल्याएको छ । उनको स्टाटस यस्तो छ, ‘पाल्पाको पत्रकारितामा अहिले सेतोलाइ कालो र कालोलाई सेतो हो ..भन्ने अवस्था आएछ, थुक्क । त्यस्तालाई अग्रज मान्न पर्ने ।’ यही स्टाटसमा धेरैले धेरै प्रकारका कमेन्ट लेखेका छन् । पत्रकार जगदीश भट्टराईको स्टाटसप्रति कमेन्ट सबैको मन छुने खालको छ, ‘कालीगण्डकी करिडोर खन्दा खसेको माटो र ढंगाका कारण रानीमहल र आसपासका क्षेत्रमा पर्ने वातावरणीय प्रभावका बिषयमा जानकारी लिन शुक्रवार रानीघाट गईयो । केही कमी भएको हो कि भन्ने हाम्रो टीमलाई पनि लाग्यो । समयमै सचेत गराउँने सबैपक्ष, संचारका माध्यम धन्यवादका पात्रहुनुहुन्छ । रानीमहलको अस्तित्व संकटमा पर्नहुदैन् भन्ने बिषयमा सरोकारवाला पनि सचेत नै रहेछन् । बाटो खनौ, रानीमहलको वास्ता नगरौ भन्ने सोंच कसैको पनि रहेनछ । बिषयलाई लिएर पाल्पाली पत्रकारिताको मूल्याँकन,वरिष्ठ,कनिष्ठताका नाममा (थुक्क) जस्ता गालीले कसलाई फाईदा होला, बिचार गरौं त ? आज कनिष्ठ भई रहेको साथी भोली वरिष्ठ हुनुपर्ने अवस्था प्राकृतिक नियम हो । पाल्पाली पत्रकारिताको बिशाल आकाशतर्फ फर्केर थुकेको थुकको छिटा आफैलाई पर्छ कि भन्ने चिन्ता गर्नु पर्ला कि ? पत्रकारितामा के कति, भन्ने कुरा हामी आफैले भन्दा समाजले पनि केही हेक्का राखेको हुन्छ कि भन्ने सोच्दा कस्तो होला ? दई चारवटा कमेन्ट र प्रशंसा गर्नेहरुको पछाडि लाग्नु भन्दा सामाजिक संजालको प्रयोग गर्ने अधिकार उपभोग गर्दा न्यूनतम मानव अधिकार र पेशागत अधिकारको हनन् नहोस भन्ने तर्फ सचेत हुनुपर्ला कि ।’
 
पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल लगायत क्रियाशील पत्रकार भने रानीमहललाई संरक्षण गर्दै मोटरबाटो खनिनु पर्ने बताउँदै आएका छन् । सञ्चारमाध्यममा आएका समाचार र फोटोकै कारण पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमसहितको प्राविधिक टोलीले शुक्रबार रानीघाट दरबार र कालीगण्डकी करिडोर अन्तर्गतको ट्रयाक खोल्ने कामको अनुगमन निरीक्षण गरेको छ ।
 
मोटरबाटोको खन्दा निस्किएको ढुंगा माटो दरबार छेउछाउबाट फालिएपछि रानीघाट दरबार संरक्षणमा लाग्नेहरुले चिन्ता प्रकट गरेपछि प्रमुख जिल्ला अधिकारीसहितको प्राविधिक टोली अनुगमनमा पुगेको हो । स्थलगत अवलोकन निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी गौतमले रानीघाट दरबारलाई कम क्षति पुग्ने गरी बाटोको काम अघि बढाउन कालिगण्डकी करिडोर कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिए । कालिगण्डकी करिडोर निर्माणमा सरकार र जनताको ठूलो लगानी भएकाले कम क्षतिमा धेरै फाइदा हुने गरी निर्माण अघि बढाउनुपर्ने प्रमुख जिल्ला अधिकारीको भनाई थियो । उनले हाल फालिरहेको स्थानबाट ढुंगामाटो फाल्न छोडेर अन्य उचित विकल्प खोज्न प्राविधिकहरुलाई आग्रह गरे । अनुगमन टोलीमा जिल्ला प्राविधिक कार्यालय पाल्पाका प्रमुख इन्जिनियर भीमार्जुन पाण्डे, कालीगण्डकी करिडोरका योजना प्रमुख गुरुप्रसाद अधिकारी, डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख सुजन अधिकारी सहभागी थिए । 
 
सरकारी अधिकारीहरुको अनुगमन निरीक्षणपछि स्थानीय सरोकारवाला तथा संरक्षणकर्मीहरुको भेलाले ढुंगा माटोको उचित ठाउँबाट बिसर्जन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । निर्माण व्यवसायीले कर्नेटा पहाडको भीर काट्दा आएको ढुंगा माटो दरबार नजिकैबाट फाल्दा दरबारको दुबै साइडमा भंगाला परेका थिए । यी भंगालाले तत्कालमा ठूलो क्षति नदेखिए तापनि भविष्यमा प्रकोपजन्य असर पर्ने चिन्ता प्रकट भएपछि सरकारी अधिकारीहरु आकर्षित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ