रूसी सैन्य पनडुब्बीमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु
एएफपी,
प्रकाशित २०७६ असार १८ बुधबार
566
Shares
मस्को। रूसी सेवेरोमोस्र्क शहर नजिकैको सैनिक शिविरमा रहेको पनडुब्वीमा भएको आगलागीमा परी कम्तीमा १४ जना रूसी सैनिक कर्मचारीको मृत्यु भएको मस्कोले मङ्गलबार जनाएको छ।
रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पनडुब्वीमा भएको आगलागीका कारण यसमा कार्यरत कर्मचारीको मृत्यु भएको छ।”
“उनीहरूको जहाजमा भएको आगलागीका कारण निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या हुँदा उनीहरूको मृत्यु भएको हो।” सोमबार उक्त घटनाबारे रूसी अधिकारीले अनुसन्धान शुरू गरेको बताएका छन्।