बाजी खेलाउने कम्पनीले चार हजार कर्मचारी कटौती गर्ने
प्रकाशित २०७६ असार १९ बिहिबार
215
Shares
लन्डन । बेलायतको एक बाजी खेलाउने कम्पनी विलियम हिलले सात सयभन्दा बढी पसल बन्द गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीको उक्त निर्णयका कारण करिब चार हजार ५०० कर्मचारीको रोजगारी गुम्नेछ ।
बेलायत सरकारले ल्याएको नयाँ नीतिका कारण कम्पनीको आम्दानीमा व्यापक कमी आउने भएपछि कम्पनीले यस्तो निर्णय गर्नुपरेको विलियम हिलले जनाएको छ ।
बेलायत सरकारले बाजी खेलमा रुचि राख्नेहरुले यसअघि हरेक २० सेकेन्डमा १०० पाउन्ड स्टर्लिङसम्म बाजी राख्न पाउनेमा त्यसलाई घटाएर २ पाउन्डमा सीमित गरेको छ । एएफपी