ल्याण्ड रोभरले विद्युतीय कारको निर्माण बेलायतमा गर्ने
प्रकाशित २०७६ असार २० शुक्रबार
303
Shares
बेलायत । कार निर्माता विश्व प्रसिद्ध कम्पनी ज्यागुअर ल्याण्ड रोभरले आफ्नो विद्युतीय कारको निर्माणलाई इङ्ल्यान्डको मध्य क्षेत्रमा स्थापना गर्ने शुक्रबार जनाएको छ ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी भनिएको छ,“ल्याण्ड रोभरका विद्युतीय कारको उत्पादनका लागि कम्पनीले इङ्ल्यान्डको मध्य क्षेत्रलाई छानेको छ । कम्पनीले कार निर्माणमार्फत बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनपछि बेलायतमा हजारौँ रोजगारीका अवसरलाई सिर्जना गरिनेछ जसले बेलायतको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्नेछ ।”
“बेलायतको क्यासल ब्रोमविचमा कम्पनीले कार निर्माणका लागि प्लान्टको निर्माण गरिनेछ,” भारतीय व्यवसायीको लगानीमा रहेको कार निर्माता समूह कम्पनी ल्याण्ड रोभरले भनेको छ ।