जब बेलायती राजदूतले ट्रम्प र उनको प्रशासन अक्षम र असुरक्षित भनेको ईमेल चुहियो...
प्रकाशित २०७६ असार २२ आइतबार
342
Shares
काठमाडौं । अमेरिकाका लागि बेलायती राजदूत सर किम डारोचले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।
उनले ट्रम्प र उनको प्रशासन ‘अक्षम, असुरक्षित र अयोग्य’ भनेका इमेलहरू सार्वजनिक भएका हुन् ।
डारोचले विवादित अभिव्यक्ति दिने क्रममा ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा बेकामे र विभाजित भएको समेत बताएका छन् ।
तर उनले अमेरिकी राष्ट्रपतिलाई बेवास्ता गर्न नहुने पनि ईमेलमा लेखेका छन् । बेलायती विदेश मन्त्रालयले आइतवार ‘डेली मेल’ पत्रिकालाई त्यसरी इमेलहरू चुहाइदिने कार्य बदमाशीपूर्ण भने पनि त्यसको सत्यतालाई इन्कार गरेको छैन ।
अमेरिकाले अहिलेसम्म इमेलका विषयमा बोलेको छैन तर यसले अमेरिका र बेलायत बीचको विशेष सम्बन्धलाई परीक्षण गर्ने बताइएको छ।