arrow

श्रीराम लेखेको ढुङ्गा तैरने तर श्रीरामचन्द्र स्वयंले फ्यालेको ढुङ्गा भने कसरी डुब्यो ?

श्रीरामचन्द्रलाई कसरी सम्झाए हनुमानले ?

logo
रामायण,
प्रकाशित २०७६ असार २३ सोमबार
Rama-and-Squirrel.jpg

काठमाडौं । धर्मपत्नी सीतालाई लंका पुगेर रावणको कब्जाबाट मुक्त गर्न वाधकको रूपमा रहेको समुद्रमा भगवान श्रीरामचन्द्रले नल नीलद्वार श्वेतबन्धु रामेश्वर पुल निर्माण गराइ रहनुभएको थियो ।

श्रीरामचन्द्र पुलको निर्माणमा शक्तिशालि बाँदर विशाल पर्वतबाट ठुला ठुला पत्थर ल्याएर समुन्द्रमा हालिरहेका थिए । सबै पत्थर पानी माथि उत्रिरहेका थिए । नल-नीलले त्यसलाई सजाएर डिजाइन बनाइरहेका थिए ।

तब भगवान श्रीरामचन्द्र सोच्न थाल्नुभयो, 'जुन पत्थरमा मेरो नाम लेखिएको छ त्यो त पानीमा तैरिरहेको छ, म पनि पत्थर पानीमा डुबाएर हेर्छु, त्यो तैरिन्छ कि तैरिदैन ।'

तब एकान्तमा गएर प्रभु रामले पत्थरलाई पानीमा फ्याक्न थाल्नुभयो । पहिलो पत्थर फाल्नु भयो डुब्यो । श्रीरामचन्द्रले सोच्नुभयो दोस्रोपटक कोशिस गर्र हेर्छु कतै यो दोस्रो पत्थर तैरिन्छ कि । दोस्रो पत्थर फ्याल्नुभयो त्यो पनि डुब्यो । सो देखेर भगवान उदास हुनुभयो ।

हनुमान टाढबाट भगवानको गतिविधिलाई नियाली रहेका थिए । हनुमानलाई देखेर प्रभुले भन्नुभयो, 'हनुमान तिमि यहाँ के हेरिरहेका छौ ?'

हनुमानले भने,' भगवान तपाईको नाम लेखेको पत्थर त पुलको रुप धारण गरिरहेको छ र तपाई स्वंय जुन पत्थरलाई फ्याकि रहनुभएको छ त्यो डुबिरहेको छ यहि हेरिरहेको छु ।'

राम भन्न थाल्नुभयो, 'म पनि यहि सोचिरहेको छुँ, कि मैलै फ्याकेको पत्थर किन डुबिरहेको छ ?'

हनुमानले भने, 'प्रभु जसलाई तपाई छोड्नु हुन्छ, जसलाई तपाई त्याग्नु हुन्छ त्यो संसारमा कसरी तैरन सक्छ ? हे प्रभु ! जसलाई तपाईले फ्याक्नुभयो, त्यो त डुब्ने नै छ, त्यो तैरिन सक्दैन र जसको हृदयमा तपाईको नाम अंकित हुन्छ, उ यस भवसागरबाट तर्नेछ । यस्तो शक्ति भगवान रामको नाममा छ ।'  

यसकारण हामीले त्यस पावन, पवित्र नामलाई बिर्सनुहुनेछैन, हृदयको भित्र त्यस नामलाई याद राख्नुपर्नेछ। जब हामी त्यस नामलाई याद राख्नेछौ तब त्यो नामले पनि हामीलाई याद गर्नेछ, हाम्रो रक्षा गर्नेछ । त्यसैले अन्तर्जगतमा स्थित प्रभुको त्यस सत्य नामको सुमिरणको अभ्यास गर्नु पर्नेछ । तुलसिदास त्यस नामको महिमा गाउदै भन्नुहुन्छ -
सुमर पवन सुत पावन नामू ।
अपने वश कर राखेउ रामू ।

पवन सुत हनुमानले प्रभुको त्यस पवित्र नामको यति सुमिरण गरे, यति अभ्यास गरे कि स्वंय प्रभुलाई पनि आफ्नो वशमा पारे । यो हो सुमिरणको प्रभाव ।

तर  कहि यस्तो नहोस त्यस साचो नामलाई जानेर पनि हामी अभ्यास नगरौ । जस्तो एक प्रसंग छ एक बादशाहकी छोरी बिरामी हुन्छिन्। उनलाई धेरै डाक्टरहरुले औषधि दिन्छन् तर पनि उनि ठिक हुदिनन् । अन्तिममा एक वैधले उनलाई ठिक गर्छन् । त्यस पछि कसरी निको भयो भनेर खुल्दुली हुन्छ। केहि समयपछि त्यसको रहस्य खुल्छ। ती जुन राजकुमारी थिइन् उनले दबाई तितो छ भने सेवन नै गर्दि रैनछिन् । सबै डाक्टरहरुले राजकुमारीलाई औषधि दिएर घर जान्थे उनि खाँदै नखाई फ्याइथिइन् । जब बैध उनको उपचारमा खटिए तब उनि अफैले राजकुमारीलाई औषधि खुवाए जसकारण उनि ठिक भइन् ।   

यसैप्रकार मानिसले भगवानको नाम, उपदेश पाएपछि राम नामको औषधि सेवन गर्नुपर्छ। यसको सेवन नगरे यो मायारुपी बिमारी बढ्दै जानेछ । यस बिमारीबाट बच्नको लागि राम नामको औषधिको सेवन गर्न आवश्यक छ । र यो त त्यो कलिका लागि हो जसको लागि भनिएको छ -

नहि कलि कर्म न भक्त विवेकू।
राम नाम अवलम्बन एकू ।।

यस भयंकर कलि कालबाट बच्नको लागि केवल राम नामको नै सहारा छ । यो नामले नै हाम्रो सुरक्षा गर्नेछ, यो नामले नै हाम्रो मद्दत गर्नेछ । उही सम्पूर्ण संसारलाई भरण पोषण गर्ने हो, वास्तविक दाता हो, सबैलाई दिनेवाला हो ।

यो पनि पढ्नुहोस ।

भगवान् रामका सेनाले नगरेको काम लोखर्केले यसरी गर्‍यो पूरा

घायल जटायुले किन केहि मागेनन् रामचन्द्रसँग ?

यसकारण हुन्छ रामको निष्काम कर्मयोगको चर्चा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ