- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मर्यादा पुरुष भगवान श्री रामचन्द्रको जब राज्याभिषेक भइरहेको थियो तव प्रभु रामले आफ्नो आमासँग भन्नुभयो,' हाम्रो राज्यको यस्तो परम्परा छ कि कुलमा जो श्रेष्ठ छ, उसले आफुभन्दा सानोलाई उपहार दिन्छ म पनि केहि दिन चाहन्छु । यसैले म चाहन्छु कि मेरा भाइहरू भरत, लक्ष्मण, शत्रुघ्न र उनीहरूका पत्नीहरूले जे चहान्छन् त्यो मागुन् ।' आमाले भगवान् रामको विचारलाई अनुमोदन गर्नुभयो। भगवान रामले भन्नुभयो,' म तिमिहरुलाई केहि दिन चाहन्छु। मेरो राज्याभिषेक भइरहेको छ, यो खुशीको अवसर हो, जो तिमिहरुको इच्छा छ, त्यो माग, म दिन्छु ।'
भरतले हात जोडेर वन्दना गर्दै भने प्रभु,'तपाई जब यो भनिरहनुभएको छ कि हामी केहि मागौ तब तपाईको यो वरदान दिनु नै हाम्रो लागि सबैभन्दा ठुलो कुरा हो । तैपनि यो तुच्छ सेवक प्रार्थना गर्छ कि तपाई मलाई आफ्नो चरणको भक्ति दिनुहोस। म चाहन्छु कि जन्म जन्म तपाईंको चरणको सानिध्य प्राप्त होस, तपाईंको सेवा प्रप्त भइरहोस ।'
संत शिरोमणि तुलसीदासले सबैभन्दा पहिले भरतलाई प्रणाम गरेका थिए । यसै प्रकार रामको वन्दना गर्नको लागि रामको चरण भनियो । रामको चरण भरत जस्ता भक्तको हदयमा रहन्छ । यसकारण सर्व भक्त वंदनीय छ । भरतले जन्म-जन्म; हरेक जन्ममा भगवानको चरणको भक्तिको याचना गरे । तर भरत जसले अयोध्यामा सारा राज प्रपन्चमा हेदै गर्दा पनि सबै चीजहरुलाई संचालन गर्दै निष्काम भावबाट प्रभुको चरणमा अनुराग रखे, यो निकै ठुलो कुरा हो । यसकारण हाम्रा सन्तहरुले भने भाइ सुमिरण कसरी गर्नु पर्छ जसरी पानीवाला एक नारी माटोको ध्यान गर्छिन् । उनि हिड्छिन् पनि, शरीर पनि हल्लाउछिन्, मार्गमा कदम पनि बढाउछिन् तर उनको मन, उनकी सुरति माटोकै भाडोमा हुन्छ , जसतर्फ भाडो झुक्छ त्यहि तर्फ उनि आफ्नो सन्तुलन बनाउछिन् ।
सन्तहरुले समझाए कि भाई, तिम्रो सुर्ता यस प्रकार हुनुपर्छ जस प्रकार मुखमा जिब्रो हुन्छ । जति ध्यु खाए पनि जिब्रो चिप्लो रहदैन , दांत चतिरहन्छ तर पनि जिब्रो त्यसको बिच सुरक्षित रहन्छ, यस प्रकार प्रभुको सुमिरण गर्नुपर्छ । संसार भित्र उतार-चढाव आइ रहन्छन् , त्यसमा हाँसो-खुशी, दुःख-सुख आउछन् , फेरी पनि प्रभुप्रति हाम्रो जो लगाव छ त्यो नटुटोस , यस्तो भाव हामी भित्र हुनुपर्छ । त्यहि भक्त धन्य छ, त्यहि भक्त वंदनीय छ। जो आफ्नो जीवनमा यस्तो गर्न सक्छ , जसको भावना यो बन्दछ कि एक जन्म होइन, दुई जन्मसम्म पनि प्रभुको चरणको सेवा मिलि रहोस, उनको चरणमा मेरो यो प्रेम नित्य बनि रहोस।
वास्तवमा जुन महापुरुष हुन्छन् उनिहरु चेतनाको विकसित रूप हुन्छन् , सर्वोच्च चेतनाको प्रतिरूप हुन्छन् । भरतको कुरा सुनेर राम बडो प्रसन्न हुनुभयो । वरदान दिनुभयो र वरदान दिएपछि भरतकी पत्नि मांडवीलाई सोध्नुभयो ,'मांडवी! तिमि पनि केहि माग ।' मांडवीले हात जोडेर भनिन्,'तपाई चौध वर्षको लागि वनवास जानुभयो । त्यहाँ तपाईले दु:ख सहनुभयो, सीता माताको अपहरण भयो, युद्धमा लक्ष्मण जी मूर्छित हुनुभयो, तपाईले एकपछि अर्को भयंकर द:खको सामना गर्नुभयो । त्यसपछि पनि तपाईको अधर्मको प्रति लड्ने भावना रहिरह्यो । यस्तै भावना प्रभु हामीलाई पनि प्रदान गर्नुहोस कि हामी पनि दुःख आउदा तपाईलाई नभूलौ।'
प्रभु खुशी हुनुभयो । उहाँलाई खुशी लाग्यो कि मांडवी यस्तो वरदान मागिरहेकी छन् जस्तो मेरो इच्छा शक्ति छ। त्यसै प्रकारको संकल्प शक्ति उनलाई पनि प्राप्त होस । प्रभुले यस्तै वरदान दिनुभयो, तथास्तु भन्नुभयो र फेरी लक्ष्मणसँग वरदान माग्न भन्नुभयो । लक्ष्मणले भने,'प्रभु! म त बस तपाईको समीप रहन चहान्छु । उनले सामीप्य मुक्ति मांगे, समीप रहेर प्रभुकी सेवा गरिरहने वरदान मांगे।'
यसपछि प्रभुले लक्ष्मणको पत्नी उर्मिलालाई सोध्नुभयो, 'तिमि पनि केहि माग ।' उर्मिला भन्छिन्, 'प्रभु म रघुकुलको बुहारी हुँ; अगाडि आउने समयमा जसको सदैव गाथा गाइनेछ, यस्तो परिवारसँग मेरा सम्बन्ध रहेको छ । यो भन्दा ठुलो अहोभाग्य मेरो लागि के हुनसक्छ' - यस्तो मर्म-स्पर्शी वचन उर्मिलाले भनिन् । यो कुराले प्रभुलाई छोयो ।
त्यसपछि शत्रुघ्नलाई सोधियो । शत्रुघ्नले भने,'प्रभ! म त एक निम्न सेवक हु, तुच्छ सेवक हू। म यही चाहन्छु कि तपाईको अनन्य भक्त जो भरत हुनुहुन्छ, उनैको सेवा गरेर म आफ्नो जीवन सार्थक बनाउनेछु।' प्रभुले उनलाई यस्तै वरदान दिनुभयो ।
त्यसपछि शत्रुघ्नकी पत्नी, उनकी सहधर्मिणी श्रुतिकीर्तिलाई बोलाइयो । प्रभुले सोध्नुभयो,'तिमि केहि माग । श्रुतिकीर्तिले हात जोडेर प्रभुको वन्दना गरिन् र भनिन्,' प्रभु! म तपाईसँग केहि अवश्य माग्न चाहन्छु ।'
सबैले त वरदान मागे तर कुनै चीज मागेनन् । सबैले आशीष मागे, सेवा गर्नेको सुअवसर मागे कि प्रभु! जन्म-जन्म तपाईको भक्ति मिलोस तर श्रुतिकीर्ति यस्तो कुनै वरदान माग्न जादै थिइनन् , उनि अन्य कुनै चीज माग्न गइरहेकी थिइन् । यो एक निकै विचित्र कुरा हो ।
प्रभुले भन्नुभयो, 'सुनाउ, तिमिलाई के चाहिन्छ ? संसारमा यस्तो कुनै चीज छैन जो हामी तिमिलाई दिन नसकु ।'
श्रुतिकीर्तिले भनिन्,' प्रभु, म यही चाहन्छु कि म जे माग्दैछु , त्यो तपाई मलाई दिनुहुनेछ।'
प्रभुले सोध्नुभयो, - 'के चाहिन्छ तिमिलाई ?'
श्रुतिकीर्ति निवेदन गर्छिन् ,' प्रभ! जब तपाई बनवासपछि आउनुभयो । तपाईले स्नान इत्यादि गर्नुभयो । अरुलाई पनि स्नान गराउनुभयो । अब म चाहन्छु कि तपाईको जुन वल्कल वस्त्र (बनवासी वस्त्र) छ, त्यो मलाई दिनुहोस ।'
उनने अरु केहि मागिनन् । उनने धन मागिनन्, आजको कुनै मानिस भएको भए शायद नोटको वीटा ने माग्ने थियो तर उ बुझ्दैन कि नोटको पछि कति ठुलो समस्या छन् । या आलिसान घर माग्थियो यसमा पनि नाना प्रकारका समस्या छन् बिजली-पानीको समस्या । यानि उ कुनै भौतिक चीजनै माग्थ्यो । तर श्रतिकीर्तिले यस्तो केहि मागिनन् ।
उनले अघि भनिन्, 'प्रभु! तपाई चौध वर्षसम्म जुन वस्त्रहरुलाई धारण गर्नुभयो , त्यो वल्कल वस्त्र मलाई दिनुहोस ।'
प्रभु रामले भन्नुभयो, -'रेशमको वस्त्र माग, जरीको वस्त्र माग यो वल्कल वस्त्र तिमिलाई किन चाहियो ?'
तब शत्रुघ्नकी पत्नी भन्छिन्, 'महाराज संसारका केहि परम्परामा देखिएको छ कि जब जीवनको चौथो समय आउछ । अर्थात ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ पछि चौथो अवस्थामा मानिस सन्यास धारण गर्छन् , त्यस समय कोहि केहि त्याग गरेर, कोहि राजपाटलाई त्याग गरेर ईश्वरको खोजीमा निस्कन्छन्; राजपाटलाई तिलांजलि दिएर जंगलहरुमा निस्कन्छन् । तर, यस्तो केहि तपाईसँग भएन । तपाई युवक हुनुहुन्थ्यो, युवावस्थामा नै तपाई घरबाट निस्कनुभयो । तपाईले कति धेरै कष्टहरुलाई सहनुभयो, यो वल्कल वस्त्र ती सबै कष्टहरुको साक्षी हो । त्यसैले यी वस्त्रहरुलाई यस राजमहलमा जहां कुनै चीजको कमी छैन - यस्तो वातावरणमा म यी वल्कल वस्त्रहरुलाई आफ्नो सामुन्ने राख्न चाहन्छु ताकि तपाईको समस्याको याद मलाई आइरहोस, तपाईको योगदानको याद मलाई आइरहोस कि हाम्रो प्रभुले मर्यादाको लागि कति धेरै कष्ट सहनुभयो, यसको स्मरण मलाई भइरहोस । यसकारण म तपाईको वल्कल वस्त्रहरुलाई लिन चाहन्छु।'
साचै हेर्ने हो भने त्यस रघुकुल परिवारको के विचार थियो र आज हाम्रो के विचार छ, आज हामी भक्तिमा कहां छौ। उनिहरु सबैले प्रभुसँग के माग्थे र आज हामी संसारका चीजहरु माग्न मै अल्झिएका छौ। मानिसहरुले यो बुझिरहेका छैनन कि हामी के मागौ, हामीले के माग्नुपर्छ । जसबाट जीवन सफल होस जीवन सार्थक होस ती चीजहरु पनि हामीलाई माग्न जान्दैनौ ।