arrow

दाजु रावणको अन्त्येष्टि गर्न नचाहेका विभीषणलाई श्री रामको सुझाव

मृत्युपछि शत्रु हुँदैन

logo
रामायण,
प्रकाशित २०७७ माघ २५ आइतबार
shree-rama.jpg

काठमाडौँ । राम-रावणको युद्धको अन्त्य भयो । रावणको युद्धमा वध भयो। रामको हातबाट मारिए। कुनै समय उनको खुट्टाको प्रहारले धर्ती काँप्थिन् तिनै बलवान रावणको शव  धर्तीमा थियो  । त्यो देखेर विलाप गर्दै भाइ विभीषण सोचमा परे, उनको अन्त्येष्टि संस्कार गर्नु उचित हो वा होइन! भन्दै प्रभु श्रीरामसँग सोध्दछन् । श्रीरामले अन्त्येष्टि गर्ने आज्ञा दिनुहुन्छ।

दुबिधामा परेको विभीषणले नम्र पूर्वक भन्छन्, “म आफ्नो दाजुका अन्त्येष्टि कसरी गरूँ, जसले धर्मको मार्ग त्यागेका थिए, जो एकदमै निष्ठुर थिए अनि मिथ्या वादी पनि । परस्त्री हरण गर्ने दुरात्माको अन्त्येष्टि गर्नु उचित लाग्दैन । प्रमु! यो सत्य हो कि रावण मेरा दाज्यू हुन् अनि मेरो शासक पनि थिए । कति पटक उनले मेरो रक्षा पनि गरे, तर उनी दुरात्मा थिए । महान् शूर वीर भएर पनि उनले अधर्म-युद्ध गरेका थिए, यस कारण म उनको अन्त्येष्टि उचित ठान्दिन।"

यो सुनेर प्रभु श्रीरामले सोचमा परेका विभीषणलाई भन्नुभयो, “विभीषण! तिम्रो सहायताले मैले रावणलाई परास्त गरेँ अनि उनी मेरो हातबाट मारिएका हुन् । म मान्छु कि रावण पापी थिए अनि मिथ्या वादी थिए, तर यसको साथै उनी तेजस्वी थिए, शूरवीर थिए अनि युद्धमा सदैव उनले विजय हासिल गरे । रावण महात्मा थिए, शास्त्रहरूका ज्ञाता थिए । मानिसहरूलाई रुवाउँथे र सताउँथे पनि।'

'विभीषण! शत्रुता मरिन्जेलसम्म मात्र रहन्छ, मरेपछि रहँदैन । शत्रुताको समय अब पूरा भइसक्यो-'मरणान्तानि वैराणि'। अब यो शव जस्तो तिम्रो दाजुको  हो, उस्तै मेरो पनि हो-'ममापि एष: यथा तव' । सो तिमीले यसको अन्तिम संस्कार गर। विधिपूर्वक रावणको अन्तिम संस्कार गर्नाले तिमीलाई यश मिल्ने छ अनि तिमी पुण्यको भागी बन्ने छौ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ