arrow

काँग्रेसका तीन गुटको यस्तो छ हिसाव

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
Deuw-Poudel-Sitaula.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसमा बेला बेलामा उठ्ने नारा हो — एक नेता एक पद । तर यो कार्यान्वयन भने कहिल्यै भएको छैन । काँग्रेसको १३औं महाधिवेशनमा नयाँ नेतृत्व चयन भएको र संसदीय दलको निर्वाचन हुन लागेकोले अहिले फेरी एक नेता एक पदको मुद्धा उठ्न लागेको हो । 
 
आफ्नो अवस्था अनुसार उठाउने गरेकाले यसको कार्यान्वयन नभएको पाईएको छ । यसअघि एक नेता एक पदको नारालाई ठुलो मुद्धा बनाउने शेरबहादुर देउवा पक्ष अहिले भने पुरै मौन र नसुने झै गरेको छ । तर यसअघि मौन रहने तत्कालिन संस्थापन पक्ष भने अहिले त्यही नारालाई जोडतोडका साथ उठाईरहेको छ । तत्कालिन संस्थापन पक्षमै रहेका भएपनि रामचन्द्र पौडेल भने यस बारेमा बेला बेलामा बोल्ने नेतामा पर्दछन् । अहिले उनैका लागि यो नारा संजीवनी बुटीको रुपमा देखिएको छ । त्यो बुटी प्रयोग गर्न पाए पौडेलको ओईलाएको राजनिति फेरी व्युतिने थियो । तर पौडेललाई आफैले संजीवनी बुटी दिएर व्युताउनु आफैका लागि घातक हुने देउवा पक्षका धेरै नेताको निश्कर्ष छ । 
 
आफु कमजोर भएका बेलामा उठाउने हतियारको रुपमा रहेको एक नेता एक पदको नारा विगतमा आफुहरुले मुद्धा बनाएको देउवा पक्षले अहिले संझन पनि चाहदैन । बरु उनीहरु ओरालो लागेका पौडेललाई कसरी सक्रिय राजनितिबाट विदाई गर्ने भन्ने रणनितिमा लागेका छन् । 
 
संसदीय दलको निर्वाचनमा पराजित भएमा पौडेलको राजनितिक यात्रा थप ओरातो तर्फ लाग्ने देउवा पक्षको बुझाई छ । उनीहरु सुशील कोईरालाले देउवालाई हराएको भन्दा ठुलो मत अन्तरमा पौडेललाई पराजित गरेर पछार्ने सकरतमा लागेको एक नेताले बताएका छन् । “यस्तो गर्न सकियो भने उनी मनोवैज्ञानिक, नैतिक र माहौलको हिसावले पछि तत्काल उठ्न नसकिने गरी लड्ने छन्,” ति नेताले भने । 
 
सजिलै जित्नका लागि धेरै मेहनेत गर्नै नपर्ने विश्लेषण सहित बसेको देउवा पक्ष सानदार जितका लागि कृष्णप्रसाद सिटौल र गगन थापाको समुहलाई आफ्नो पक्षमा तान्ने सुरमा रहेको छ । साथै केही गरी दुई चार भोट तलमाथी परेर पराजित भईने खतरा हुने भएकाले पनि देउवा समुहले सिटौला समुहलाई जसरीपनि आफ्नो पक्ष पार्ने निश्कर्ष निकालेको छ । 
 
सिटौला समुहले आफुसंग ३० जना सांसद रहेको भन्दै आफ्नै रणनितिमा जुटेको छ । नेता सिटौला तराईतिर रहेपनि अन्य नेताहरुले भने काठमाडौंमै बसेर रणनितिक छलफल तथा भेटघाटहरु गरिरहेका छन् । सिटौला काठमाडौं फर्किएपछि आउदो १८ गते हुने सिटौला समुहको बैठकले आफ्नो समुहको रणनितिका बारेमा निर्णय गर्ने एक नेताले जानकारी दिएका छन् । आफ्नो समुहलाई निर्णायक बनाउने गरी सिटौला समुह छलफलमा लागेको उनको भनाई छ । 
 
अहिले काँग्रेसका कुल १९७ जना सांसदहरु मध्ये एक सय भन्दा बढी आफुहरुको पक्षमा रहेको देउवा पक्षको आँकलन छ भने सिटौला पक्षले ३० जना आफ्नो पक्षमा रहेको दावी गरेको छ । तर पौडेल पक्षका नेताले पनि आफ्नो पक्षमा एक सयकै हाराहारीमा सांसदहरु रहेको बताउछन् । सिटौला समुहमा रहेका अधिकाँश सांसद भने यसअघीको संस्थापन पक्ष अर्थात हालको पौडेल पक्षका रहेकाहरु नै हुन्। सभापतिको निर्वाचनमा दोस्रो चरणमा देउवालाई सहयोग गरेको सिटौला समुहबाट सहयोग नपाएमा पौडेल पक्ष पराजित हुने अवस्था देखिन्छ। पराजित हुने भएपनि उम्मेदवार बन्न भने पौडेल पछाडी हट्न नहुने पौडेलका सुवेच्छुकहरुको सुझाव छ । “नेता पौडेल अहिले उम्मेदवार नभएमा उनले यो निर्वाचन मात्र हार्दैनन, उनको राजनिति पनि हार्छ, त्यसैले यो उनका लागि ठुलो आत्मघाती र महाभुल हुन्छ । आफ्नो राजनिति जोगाईराख्न र पौडेल पक्षलाई शसक्त बनाई राख्न पनि उनी नै उम्मेदवार बन्नु पर्छ,” उनीहरुको ठम्याई छ । 
 
पौडेलको अप्ठ्यारो
पौडेल पक्षमा भने उम्मेदवार को हुने भन्ने नै अन्यौल छ । पौडेललाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रयासमा लाग्दै आएका केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, रामशरण महत सहितका नेताहरु चुनावी प्रतिस्पर्धामा भने उनलाई अघि बढाउन नहुने पक्षमा छन्। सर्वसम्मत हुने अवस्था आएमा उमेद्वार बनाएपनि हार्ने चुनावमा पौडेललाई अघि बढाउन नहुने मत राख्नेहरु त्यस्तो अवस्थामा सिंह या महतमध्ये एकजनालाई उम्मेदवार बनाउन उचित हुने बताउँछन। तर पौडेल निकट केहि केन्द्रीय सदस्यहरु भन्छन,’ रामचन्द्र दाई हार्ने अवस्था भयो भनेर चुनाव लड्नु भएन भने उहाँको राजनीति त लगभग समाप्त हुन्छ।’ आफ्नो समुहलाई एक ठाउँमा ल्याइ राख्न पनि पौडेल उमेद्वार हुनुको विकल्प नदेख्नेहरु सो समुहमा धेरै नै छन् । आइतबार हुने छलफलबाट पौडेल समुह दलको नेताको लागि उमेद्वार कसलाई बनाउने भन्नेमा टुङगोमा पुग्ने आँकलन गरिएको छ । 
 
पौडेलको पहिलो प्राथमिकता सभापति देउवालाई फकाएर दलको नेता लिने प्रयास गर्ने, सम्भव नभए आफै प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन्। देउवासँग दुई पटक भएको भेटमा पौडेलले आफूनो सक्रियतालाई हेरेर काम गर्ने ठाउँ दिन आग्रह गर्दै आएका छन्। तर, देउवा पार्टी सञ्चालन र पछि सरकारको नेतृत्व लिने अवस्थामा सल्लाह अनुसारनै आफू अघि बढ्ने बताउदै दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। पार्टीको सभापतिपछि दलको नेतामा पनि देउवासँग प्रतिस्पर्धा गर्न पौडेल आफै अघि बढ्ने सुरमा छन्। उनले दलको नेता जित्न नसकेपनि आफ्नो समूहको सुरक्षाका लागि प्रतिस्पर्धा गर्नुपर्ने तर्क गर्दै आएका छन्। देउवा पक्ष पनि दलको नेताको चुनावमा पौडेल नै प्रतिष्पर्धी भएर आउन भन्ने चाहिरहेको छ । यसो भएमा पौडेल पराजित हुने र पार्टीको राजनीतिबाट पौडेलको विदाई नै हुने उनीहरुको ठम्याई छ। त्यसैले पनि पौडेल नै चुनाव लड्ने वातावरण वनोस भनेर देउवा पक्षका नेताहरु समेत लागिरहेका छन् । 
 
आफ्नो समुहबाट सर्वसम्मत भएर चुनाव लड्दा पनि देउवा पक्षको रणनीति अनुसार किनारामा नै पार्ने र आफ्नो समुहबाट उमदे्वार नहुँदा गुटको राजनीतिमा नै किनारामा पारिन सक्ने खतरा यतिखेर पौडेल सामु छ । पौडेलले यो खतरालाई कसरी टार्छन त्यो भने दिलचस्पीको हुनेछ। 



नयाँ