arrow

हावामा कुचो लगाएपछि हेमा मालिनीको आलोचना, धर्मेन्द्रले भने -ह्यारी पोटरको कुचो

logo
प्रकाशित २०७६ साउन १ बुधबार
hema-dharmedra.jpg

काठमाडौं। भारतीय अभिनेता धर्मेन्द्र सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन्। अहिले उनकी पत्नी हेमा मालिनीको विषयमा गरेको एक ट्वीट निकै भाइरल भइरहेको छ। धर्मेन्द्रले पत्नी हेमा मालिनीलाई व्यंग्य गर्दै ट्वीट गरेका हुन्। उनले हेमा मालिनीले कुचो लागाउने काम मूर्खतापूर्ण रहेको बताएका छन् । कुचो लगाउने काममा आफू अगाडि रहेको बताएका छन्। उनको झडुलाई ह्यारी पोटरको कुचो भन्दै व्यंग्य गरेका छन् । उनले यो कुचो हावामै मात्र रहेको बताएका छन्।

हेमा मालिनीले शेयर गरेको भिडियोमा उनले कुचो लगाउने तरिका नै हाँसो लाग्दो देखिएको छ। यो भिडियोमा भइरहेको ट्रोलमा धर्मेन्द्र पनि मिसिएका हुन्। एक ट्वीटर प्रयोगकर्ताले धर्मेन्द्रलाई हेमा मालिनीले यसअघि कुचो लगाएको विषयमा प्रश्न गरेका थिए।

जवाफमा धर्मेन्द्रले लगाउँथिन् तर फिल्ममा भन्ने उत्तर दिएका छन्। उनले आफूलाई पनि यो अनौठो लागिरहेको बताए। सफाइको काम आफूलाई राम्रो आउने बताएका थिए।

हेमा मालिनीले अनुराग सिंहको साथमा वित्त तथा कर्पोरेट मामिलका राज्यमन्त्रीले सांसदको परिसर स्वच्छताको अभियान आयोजन गरेका थिए। उनका साथ अन्य केही सांसद नेता सहर सफा राख्ने उद्देश्यबाट यो सफाइ अभियानमा सामेल भएका थिए।

हेमा मालिनीले कुचो समातेको देखेर धेरैले उनले केहिले पनि कुचो नसमातेको जस्तो लागेको सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रतिक्रिया दिएका थिए।

यो पनि पढ्नुहोस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ