arrow

गोबरको गुँइठा बनाई गोठमै रोटी पोलेर मधेशी समुदायका सम्पती गाई गोरुलाई खुवाइयो

भौंरी पर्व मनाईयो

logo
मुरली गोडिया,
प्रकाशित २०७६ साउन १ बुधबार
gharma_bhaukaundai.jpg

गुलरिया,बर्दिया । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाका दिन मधेशी समुदायले भौरी पर्व पनि मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको नवलपरासी ,दांग बाँके बर्दिया लगायत मधेशी समुदायको बहुल्यता भएको स्थामा मनाउने गरिन्छ । यो समुदायमा भौरी पर्वका दिन विहानै घरमा लिपपोत गरी गुहुँको पिठो मुछी पुर्णिमा आर्थत पुर्ण गोलो आकारको परिकार बनाउने गरिन्छ ।

गोलो अकारको बनाई सकेपछि गाई गोरुको गोबर बाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाइगोरु बाँध्ने गोठमै कन्डाको आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ ।  जसलाई भौरी भन्ने गरिन्छ भने संग संगै पिठो कै मोटो रोटी पनि पकाउने गरिन्छ । जसलाई रोट भन्ने गरिन्छ । मधेशी समुदायमा गाई गोरु नै घरको सम्पती हो भन्न विश्वाशले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरु विधिवत रुपले पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थत पुजा गर्ने गरिन्छ ।

सर्वप्रथम आफुलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफना घरका अन्य सदस्यले खाने गर्दछन । भौंरी विशेष गरि दहि, चिनी संग खाने गरिन्छ । आजकै दिनमा मधेशी समुदायमा विवाहित छोरी चेलीहरु माइत गई भौरी खाने प्रचलन रहेको अवधि सांस्कृतिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा अवधि भाषाका साहित्यकार विष्णुलाल कुमालले बताए ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको छ । व्यास जयन्तीलाई भौरी पर्वको रुपमा लिने गरिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ