आगोको भट्टीमा पोलिएका भाँडाबाट सात दिनपछि कसरी जिउँदै निस्किए विरालोका बच्चा

प्रल्हादको रक्षामा यसरी आए उनका भगवान

प्रकाशित मिति : २०७६ श्रावण ५ आइतबार

काठमाडौं । प्रल्हाद करिब पाँच सात बर्षका थिए । एक पटक उनि आफ्नो पुष्षवाटिकामा भ्रमण गरेर जादै थिए । तब मार्गमा एक व्यक्तिलाई मौन धारण गरेर बसेको देखे । त्यस व्यक्तिलाई देखेर प्रल्हादले आफ्नो जिज्ञासा व्यक्त गरे,'तपाई के गरिरहनुभएको छ ?'

ती व्यक्तिले भने,' म भगवानको नामको सुमिरण गरिरहेको छुँ ।'

प्रल्हादले सोधे,' त्यो भगवान को हो ? उहाँको सुमिरणले तपाईले के पाउनुहुनेछ ?'

उनले भने,' राजकुमार ! भगवान सर्वनियंता र सबैको रक्षक हुनुहुन्छ । म जातिले कुमाले हुँ । मैले माटोको भाडोकुडा बनाए तथा त्यसलाई पकाउन आगोमा हाले। तर एक माटोको घडामा केहि बिरालोको बच्चा थिए बिर्सिएर त्यसलाई पनि मैले आगोमा हाले । म भगवानको नाम हृदयबाट सुमिरण गरिरहेको छुँ कि त्यो बिरालोको बच्चा जल्नबाट जोगियोस ।'

प्रल्हादले भने, ' के ती भगवान मेरो बुवा हिरण्यकस्यपु हुनुहुन्छ जो सबैलाई आफ्नो पूजा गराउदै हिड्नुहुन्छ । के तपाई उहाँकै प्राथना गरिरहनुभएको छ ?'

कुमालेले भने,' होइन प्रल्हाद तिम्रो बुवा भगवान होइन। भगवान त सबैको प्रतिपालक र दयाको सागर हुनुहुन्छ । उहाँ सबैसँग प्रेम गर्ने सबैको पिता हुनुहुन्छ। म उहाँकै सुमिरण गर्दैछु । मलाई यो पूर्ण विश्वास छ कि ति बिरालोका बच्चाहरुलाई उहाँले नि:सन्देह रक्षा गर्नुहुनेछ ।'

प्रल्हादले भने,'तपाई यस आगोबाट भाडोहरु कहिले निकाल्नुहुनेछ ? यदि भगवानले बिरालोका बच्चाको रक्षा गर्नुभयो भने मलाई पनि पूर्ण विश्वास हुनेछ र म पनि उहाँको भजन (ध्यान) गर्नेछु।'

कुमालेले सातौ दिन माटोका भाडा निकाल्ने बताए। सातौ दिन जब प्रल्हाद पुन: त्यहि पुगे। त्यहाँ कुमालेले प्रचण्ड अग्नीमा जलेर रातो भएका एक एक भाँडा निकालि रहेका थिए । जब उनले त्यस घडालाई बाहिर निकाले तब त्यस भाँडोबाट बिरालोको बच्चा म्याउँ म्याउँ गर्दै बाहिर निस्कियो ।

यस घटनालाई देखेर प्रल्हादलाई भगवानको नामप्रति पूर्ण विश्वास भयो । जब प्रल्हादले भगवानको त्यस नामलाई जान्नको लागि कुमालेसँग जिज्ञासा राखे तब उनले नारद मुनिसँग उपदेश लिन सुझाव दिए । तब नारद मुनिको कृपाबाट प्रल्हादले भगवानको नामलाई जानेर सुमिरण गर्न थाले।

त्यहि नामको सुमिरणले प्रल्हादको जीवन रक्षा गर्‍यो । भगवानले नरसिंह अवतार लिएर हिरण्यकस्यपुको बध गर्नुभयो ।

भन्नुको तात्पर्य हामी पनि भगवानको त्यस सर्वहितकारी नामलाई ज्ञानी गुरु भएको ठाँउमा गएर क्रियात्मक रुपबाट जानेर हृदयमा त्यसको सुमिरण गरे त्यसले पार नै लगाउँछ। जुन नामलाई प्रल्हादले जाने र सुमिरण गरे। आखिरमा संसारभर उदाहरण भएर रहे ।

नयाँ