arrow

अब बैंकहरुले एटिएम जस्तै पैसा जम्मा गर्ने मेसिन राख्नै पर्ने

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
CDM.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थाहरुमा एटिएम मेसिन जस्तै पैसा जम्मा गर्ने मेसिन समेत राख्नै पर्ने नीति लिएको छ । बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुले नगद जम्मा गर्नको लागि क्यास डिपोजिट मेसिन राख्नुपर्ने नीति लिएको हो । 

यस्तो नीति अनुसार अहिले पैसा निकाल्नको लागि राखिएको एटिएम मेसिन जस्तै मेसिनमा पैसा जम्मा गर्न  सकिनेछ । यसले गर्दा बैंकको काउन्टरसम्म धाउनुपर्ने समस्या समाधान हुनेछ । 

अहिले पनि यस्तो प्रविधि राष्ट्रिय वाणिज्य बैंकले प्रयोग गर्दै आएको छ । राष्ट्रिय बाणिज्य बैंकका सेवाग्राहीहरुले नगद जम्मा गर्नको लागि एकाउन्ट नम्बर र निश्चित गर्नको लागि एउटा नामको आवश्यकता पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ