arrow

औडी कपको उपाधि छिनोफानो सडनडेथबाट

टोटनह्यामले बायर्नलाई ६–५ ले हरायो 

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
tottenham-audi-cup3.jpg

काठमाडौं । औडी कप फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब टोटनह्याम हट्सपरले जितेको छ । बुधबार राति जर्मनीको म्युनिख रंगशालामा भएको फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो ।

Erik Lamela slid in at the back post to put Spurs into the lead at the Allianz Arena

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

The Argentina forward celebrates with Georges-Kevin Nkoudou, who set up his opener

१९ औंं मिनेटमा ईरिक लामेलाको गोलबाट टोटनह्यामले अग्रता लिएको थियो । ५९ औं मिनेटमा क्रिस्टियन एरिक्सनले टोटनह्यामको अग्रता दोब्बर पारे । 

Alphonso Davies (right) celebrates scoring his sides second goal with Jerome Boateng

पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको बायर्नले दोस्रो हाफमा बराबरी गोल फर्कायो । 

Christian Eriksen doubled Spurs' lead with a fine right-footed finish into the bottom corner

६१ औं मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई २–१ को स्थितिमा ल्याए । 

Spurs then suffered a blow as Juan Foyth went down injured and left the pitch on a stretcher

८१ औं मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याए ।

Jann-Fiete Arp grabs the ball and runs back to the halfway line after scoring Bayern's first

सडनडेथमा ६–५ ले टोटनह्याम विजयी भयो ।  डिफेन्डर जेरोमी बोआटेङले पेनाल्टी हान्न चुकेपछि टोटनह्याम प्रिसिजनको पहिलो उपाधि जित्न सफल भयो । 

Defender Jerome Boateng misses the deciding penalty during the Audi Cup 2019 final



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ