कांग्रेस नेता कमल पंगेनीको वार्षिकीमा नेविसंघको सहयोग
प्रकाशित २०७६ साउन १८ शनिबार
1k
Shares
काठमाडौं। नेपाल विधार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिले कांग्रेस स्याङ्जाका पूर्व पार्टी सभापति एवम् संविधान सभा सदस्य स्वर्गिय कमलप्रसाद पंगेनीको प्रथम वार्षिकीको स्मृतिमा अनाथ, असहाय वालबालिकालाई लत्ता कपडा, शैक्षिक र खाध सामग्री वितरण गरेको छ।
कालिका बाल विकास केन्द्र, चन्द्रागिरी वडा नं १२, पुरानो नैकापमा कांग्रेसका पुर्व उपसभापति एवम् वर्तमान केन्द्रीय सदस्य, नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ उपस्थित कार्यक्रममा अनाथ वालबालिकालाई ट्रयाक सुट सेट, टिसर्ट कपडा, चप्पल, जुत्ता, चामल, दाल, तेल जस्ता खाधान्न सामाग्री र सबैलाई कापी कलम लगायतका स्टेशनरी सामाग्रीहरु पनि हस्तान्तरण गरिएको थियो।
सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले , संस्थाका संचालक ज्ञानुदत्त भट्ट र कांग्रेस वडा सभापति केपि पौडेल लगायतले मन्तव्य राखे । दिवंगत पंगेनीको राजनैतिक जीवन र योगदानका बारेमा चर्चा भएको स्मृति कार्यक्रममा सामाजिक, रचनात्मक कार्यक्रमहरु गरेर सम्पर्क समितिल अझ सशक्त र जागरुक बनाउने प्रतिबद्दता नेविसंघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका सभापति क्षेत्रीले व्यक्त गरे।
कार्यक्रममा प्रदेश सभा उम्मेदवार नेपाली कांग्रेस युवा नेता विष्णु पौडेल, महासमिति सदस्य महिला संघ केन्द्रीय सदस्य माया राना, नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डे, चन्द्रागिरी १२ का निर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठ, चिरन्जिवी भण्डारी, रमेश रायमाझी, दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।