नाइजेरियाली सिया नेता उपचारका लागि धरौटीमा रिहा, उपचार भारतमा हुने
प्रकाशित २०७६ साउन २० सोमबार
388
Shares
लागोस, नाइजेरिया । नाइजेरियाको एक अदालतले जेलमा रहेका सिया नेतालाई उपचारका लागि भारत जानेगरी धरौटीमा रिहा गरेको छ ।
नाइजेरियामा गैरकानूनी घोषणा गरिएको इरान पक्षधर स्लामिक आन्दोलनका नेता इब्राहिम ज्याकज्याकीको स्वास्थ्यको समस्याप्रति चासो व्यक्त गर्दै उनको समूहले रक्तपातपूर्ण आन्दोलनको सिर्जना गरेपछि उनलाई भारत गएर उपचार गराउन अनुमति मिलेको उनका वकील फेमी फालानाले एएफपीलाई जानकारी गराए ।
सन् २०१५ को डिसेम्बरमा पक्राउ परेका इब्राहिमले कैदीका रूपमा बस्दै आएका थिए। फेमिनीले भने, “इब्राहिमलाई उपचारका लागि भारत जान नाइजेरियाली अदालतका एक न्यायाधीशले आदेश दिनुभएको छ ।” एएफपी