arrow

नवदीप सैनी टोलीमा परेसँगै सिनियर क्रिकेटरमाथि खनिए गम्भीर

logo
प्रकाशित २०७६ साउन २० सोमबार
gambir.jpg

काठमाडौं । अहिले भारतीय क्रिकेट टिम वेस्ट इन्डिज भ्रमणमा छ । यो भ्रमणको क्रममा उसले पहिलो टी–२० खेलमा ४ विकेटको जित हासिल गरेको थियो । सो खेलमा भारतीय क्रिकेट टोलीमा नवदीप सैनी म्यान अफ द म्याच बनेका थिए । यसै विषयमा भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले पूर्व क्रिकेटरहरु बिशन सिंह बेदी र चेतन चौहानमाथि तीखो प्रहार गरेका छन् ।

केही वर्ष पहिले यी दुई क्रिकेटर्स दिल्ली र जिल्ला क्रिकेट एसोशिएशनका सदस्य थिए । त्यतिबेला सैनीलाई दिल्लीको रणजी टिममा लिने गम्भीरको फैसलाको उनीहरुले विरोध गरेका थिए । गम्भीरले अहिले त्यसैको आक्रोश व्यक्त गरेको बताइएको छ ।

भारतले उक्त खेल जितेसँगै गम्भीरले एक ट्वीट गर्दै नवदीप सैनीलाई बधाई दिएका थिए । उनले सैनीले डेब्यु गर्नुअघि नै बिनसिंह बेदी र चेतन चौहानको दुई विकेट लिएको गम्भीरको भनाइ छ । मैदान आउनुभन्दा पहिला नै उनको चिहान खन्न लागिएको गम्भीरले बताएका छन् ।

प्रतिवेदनअनुसार सन् २०१३ मा दिल्ली रणजी टिमका कप्तानको रुपमा गौतम गम्भीर हरियाणाका नवदीप सैनीलाई आफ्नो टोलीमा ल्याउन चाहन्थे । तर, बेदी र चौहानले यसको विरोध गरेका थिए । तर, गम्भीरले सैनीलाई विरोधका बीच ल्याएका थिए ।

बेदीले गम्भीरको आरोपमा प्रतिक्रिया दिँदै सैनीको विरुद्धमा आफ्नो मनमा केही नरहेको बताएका छन् । उनले सैनी राम्रो खेलाडी रहेको तर अहिले उनले एक खेलमात्र खेलेको कारण उनीबारे कुनै प्रतिक्रियाको लागि केही समय प्रतीक्षा गर्नुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ