सन्दिपको औसत प्रदर्शन जारी, प्लेअफमा सन्दिप र सोमपालको टोली भिड्ने
प्रकाशित २०७६ साउन २३ बिहिबार
928
Shares
काठमाडौं। क्यानाडामा भैरहेको ग्लोबल टि-२० प्रतियोगितामा सन्दिप लामिछानेको टोली टोरन्टो नेशनल्स प्लेअफमा प्रवेश गरेको छ। टोरन्टोले मोन्ट्रियल टाईगर्सलाई ३५ पराजित गर्दै आफ्नो स्थान पक्का बनाएको हो।
सन्दिपको औषत प्रदर्शन जारी रहेको छ। उनले यो प्रतियोगितामा खासै उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्। मोन्ट्रियल बिरुद्ध उनले तीन ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। टोरन्टोका लागि रोड्रिगो थोमसले ७० रन बनाएका थिए भने हेनरिक क्लासेनले ६४ रनको योगदान दिएका थिए।
जवाफमा मोन्ट्रियल १ सय ५४ रनमा समेटिएको थियो। यसरी सन्दिपको टोली अंक तालिकामा ६ अंक प्राप्त गर्दै तेस्रो भएको छ। चौथोमा सोमपालको टोली विनीपेग हक्स ५ अंक सहित रहेको छ।
ईलिमिनेटतरमा सन्दिपको टोरन्टो र सोमपालको विनीपेगले एक अर्का बिरुद्ध सामना गर्ने छन्।