राहुलले मानेनन् राजीनामा फिर्ता लिन, कार्यसमितिले जवर्जस्त बनाउँला की नयाँ चुन्ला ?
प्रकाशित २०७६ साउन २५ शनिबार
592
Shares
काठमाडौं। राहुल गान्धीले राजीनामा दिए यता रिक्त रहेको अध्यक्ष पदमा कस्लाई ल्याउने भन्नेमा भारतको विपक्षी दल कांग्रेस आइ गम्भिर छलफलमा जुटेको छ।
अपेक्षा गरिए अनुसार नै देशभरका कांग्रेस नेतृत्वले राजीनामा दिएर बसेका राहुल गान्धीलाई नै पुन अध्यक्ष बन्न आग्रह गरे पनि उनले आफ्नो राजीनामा फिर्ता लिएनन।
राजीनामा फिर्ता नलिएपछि विकसित घटनाक्रममा थप छलफल गर्न कांग्रेस आइको राती आठ वजे फेरि केन्द्रीय समितिको वैठक बस्ने भएको छ।
राती बस्ने वैठकमा राहुलका अतिरिक्त यूपीयकी अध्यक्ष समेत रहेकी राहुल आमा सोनिया गान्धी पनि सहभागि नहुने बताइएको छ।
स्वयं सोनियाले आफूहरु अध्यक्ष चयनका लागि बस्ने केन्द्रीय समितिको वैठकमा सहभागि नहुने बताइन।पटक पटक राजीनामा फिर्ता लिन गरिएको आग्रहमा राहुलले नमानेपछि केन्द्रीय समितिको वैठकले उनलाई जवर्जस्ती अध्यक्ष बनाउने सम्भावना रहेको एकथरि विश्लेषकहरुले बताएका छन्। जुन किसिमले सबै प्रदेशका कांग्रेस नेतृत्व सहित कांग्रेसको केन्द्रीय नेतृत्वले राहुलललाई नै फेरि अध्यक्ष बन्न आग्रह गरिरहँदा उनलाई सर्वसम्मत रुपमै अध्यक्षको कार्यभार लिन वाध्य बनाइने विश्वास समेत गरिएको छ।
कतिपय आलोचकहरुले भने जनताको मुडलाई चिन्न नसकेको कांग्रेसले फेरि गान्धी परिवारकै लागि आफूलाई जनताको माझमा खरो रुपमा उतार्न कमजोरी गर्ने आशंका गरेका छन्।
कतिपयले भने कांग्रेस वैठकले गान्धी परिवार वाहिरबाट पनि नयाँ अध्यक्ष बनाउन सक्ने अड्कल काटेका छन्। तर सर्वसम्मत रुपमा गान्धीलाई नै राजीनामा फिर्ता लिएर पुन अध्यक्षको कार्यभार सम्हाल्न आग्रह गरिएबाट गान्धी नै पुनः अध्यक्ष बन्ने हुन की भन्ने देखिएको छ।
राहुलले नमानेको अवस्थामा गान्धी परिवारकै छोरी तथा कांग्रेस आइकी महासचिव प्रियङका गान्धीलाई अध्यक्ष बनाउन सक्ने अड्कल पनि काटिएको छ भने अर्कातिर गैर गान्धी परिवारबाट अध्यक्ष बनाउन सक्ने समेत देखिएको छ।
लोकसभा चुनावमा काँग्रेसले प्रमुख प्रतिपक्षी हैसियत समेत गुमाएर चुनाव हारेपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएपछि भारतीय कांग्रेसको नेतृत्व चुनिन सकेको छैन।