arrow

भारतको स्वतन्त्रता संघर्षमा नेपालको भूमिका बारे राजदुत पुरीको टिप्पणी

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
manjit-singh-puri.jpg

काठमाडौं। महात्मा गान्धीको प्रभाव विश्वभर फैलिएको छ। तर, उनले कहिल्यै पनि नेपालको भ्रमण गरेनन्। जसको कारण उनको प्रभाव नेपालमा पनि खासै देखिँदैन। वास्तवमा नेपालमा पनि गान्धीको शालिक, केही स्मृति पार्क वा सडक हुनुपर्ने थियो जसरी भारतमा भारतीय स्वतन्त्रता संग्राममा सहभागि विपी कोइरालाको शालिक छ। तर, भारतको स्वतन्त्रताको लडाइँमा साथ दिनेहरु नै नेपालमा बन्दी बने।

सन् १९४२ मा भारतमा मौन आन्दोलन चलिरहँदा थुप्रै संख्यामा राजनीतिक नेताहरु पक्राउ परेका थिए। जसमा जेपी नारायण र राम मनाहरलोहिया हजारीबाघ जेलमा थिए। यो अहिले झारखण्डमा पर्छ। आन्दोलन चर्किँदै गएसँगै उनीहरुको एक समुह जेलबाट भागेका थिए। त्यतिबेला भारतमा उनीहरुलाई लुक्नु गाह्रो थियो। दक्षिण विहारका जंगलमा मात्र नभई उनीहरुलाई नेपालको सीमा पार गर्नु पनि गाह्रो कुरा थियो। 

राणा शासनको पालामा बेलायतको पनि राणासँग राम्रो सम्बन्ध थियो। यस्तोमा उनीहरु विभिन्न उपाय लगाएर हनुमान नगरनजिकैको एक गाउँमा पुगेका थिए। यो सन् १९४३ को कुरा थियो। उनीहरुलाई रामेश्वर सिंह नाम गरेका व्यक्तिले आश्रय दिएका थिए । 

सोही ठाउँबाट जेपीको पार्टीको सम्मेलन भएको थियो। यो पार्टी विहार, यूपीका साथै अन्य केही राज्यमा पनि फैलिएको थियो। यो सम्मेलनले स्वतन्त्रताको एक दस्तावेज बनाउँदै नेपालको क्रान्ति फैलाउन सहयोग गरेको थियो । त्यसका लागि तालिम पनि शुरु भएको थियो। सो क्रममा विजया पटवर्धन घाइते भएकी थिइन्। त्यसपछि उनलाई भारत पठाइएको थियो। 

सन् १९४३ को मे महीनामा उनीहरु पक्राउ परेका थिए। उनीहरुलाई हनुमान नगरको जेलमा राखिएको थियो । जेलमा जेपीले चुरोटमा राखेर सुरज नारायणलाई आफ्नो चिठी पठाउन भ्याएका थिए। यसै क्रममा सुरज नारायणले मध्यरातमा प्रहरी चौकीमा आक्रमण गरी जेपीलाई जेलबाट छुटाउन सफल भएका थिए। सो क्रममा थुप्रै नेपालीले पनि उनीहरुलाई साथ दिएका थिए।

यो आन्दोलनले नेपालमा पनि राणाशासन हटाउन सहयोग पुगेको थियो भने भारतको स्वतन्त्रता अभियानको लागि महत्वपूर्ण कोशेढुङ्गा साबित भएको थियो। त्यसपछि जेपी र सुरज नारायण कोशी पार गरेर भारत पुगि आफ्नो अभियान कोलकातालगायतका स्थानमा पनि फैलाएका थिए। 

नेपालमा भने बानरझूला गाउँ र त्यसका वरपरका केहीलाई भने प्रहरीले समातेर काठमाडौं जेलमा लगेको थियो। रामेश्वर सिंहलाई हनुमान नगरको मुख्य अभियुक्त बनाई जेल सजाय सुनाइएको थियो। प्रहरीको कारबाहीमा कृष्णवीर कामी र अब्दुल मियानको ज्यान गएको थियो। 

भारतको अन्तरिम सरकारको आग्रहमा सन् १९४६ बाँकी सबै जेलमुक्त भएका थिए। जेपीको कुरा गर्दा उनी पछि कोलकातामा पक्राउ परेका थिए। त्यतिबेला उनी नेपालमा उपस्थित रहेको आधिकारिक प्रमाण फेला परेको थिएन। बानरझूला मुद्दामा पनि उनी उपस्थित भएको पुष्टि हुन सकेन। (हिन्दुस्तान टाइम्समा छापिएको राजदुत मञ्जिवसिंह पुरीको लेखको नेपाली भावानुवाद)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ