म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुग्यो
सिन्ह्वा,
प्रकाशित २०७६ साउन ३२ शनिबार
415
Shares
याङ्गुन। म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्ममा ९६ पुगेको छ। स्वास्थ्य तथा खेलकूद मन्त्रालयका अधिकारीहरुले सिन्ह्वालाई शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको हो।
गत जनवरी १ देखि यही अगस्त १६ सम्ममा स्वाइनफ्लूको सङ्क्रमण ४६३ जनामा भेटिएको पुष्टि भएको थियो। यसअवधिमा सबैभन्दा धेरै जनाको मृत्यु याङ्गन क्षेत्रमै भएको छ। यस क्षेत्रमा ६६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
त्यसैगरी १२ जनाको मृत्यु भएको एयेयार्वाडी दोस्रो धेरै जना मृत्यु हुने ठाउँमा परेको छ भने तेस्रो धेरै जनाको मृत्यु बागोमा भएको छ। बागोमा सात जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।