arrow

सीबीआई मुख्यालयमा रात बिताए चिदम्बरमले, बिहीबार अदालतमा

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
p-chidambaram.png

काठमाडौं । भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमले बुधबारको रात सीबीआईको मुख्यालयमा काटेका छन् । चिदम्बरमलाई उनकै निवासबाट बुधवार राति १० बजे पक्राउ गरिएको थियो । 

उनलाई पक्राउ गर्न उनको निवास पुगेका अधिकारीहरुलाई ढोका नखोलिएपछि उनीहरुले पर्खाल नाघेर घर भित्र पुगेका थिए । 

चिदम्वरमलाई पक्राउ गर्न पुगेका सीबीआईका अधिकारीहरुलाई कांग्रेस आईका कार्यकर्ताहरुले हातपात समेत गरेका थिए । उनीहरुले मिडियाका प्रतिनिधीहरुलाई पनि हातपात गरेका थिए । 

आइएनएक्स मिडिया मामलामा पक्राउ परेका कांग्रेसका वरिष्ठ नेता चिदम्बरमले दिल्ली कांग्रेस मुख्यालयमा पत्रकारसंग वार्ता गर्दै आफूलाई निर्दोष बताएका थिए । 

Image

तर दुई घण्टासम्म चलेको रस्साकस्सीपछि उनलाई सीबीआईको टिमले गिरफ्तार गरेको थियो । 

उनले पक्राउ पर्नुअघि कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रको मुख्य उद्धेश्य स्वतन्त्रता भएको बताउँदै संविधानको सबैभन्दा मुल्यबान अनुच्छेद २१ रहेको र यसले जीवन र स्वतन्त्रताको ग्यारेन्टी दिने बुझाएका थिए । 

उनले भनेका थिए, ‘यदि मलाई जीवन र स्वतन्त्रताको बीचमा मलाई एक छान्न लगाए म स्वतन्त्रता चुन्छु ।’

उनले पछिल्लो २४ घण्टामा आफूलाई धेरै भएको र यसमा कसैले चिन्ता जनाएको  र कसैलाई भ्रम भएको भन्दै आईएनएक्स मिडिया मामिलामा आफूलाई कुनै पनि आपराधिक आरोप नलगाएको बताए । 

उनले भने, ‘कुनै ईडी या सीबीआईले अदालतमा मुद्दा दायर भएको छैन तर मलाई फसाइएको छ ।’

चिदम्बरमलाई बिहीबार अदालतमा उभ्याइँदैछ । ३०५ करोड घुस लिएको आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ